समाचार

उपत्यकामा भोलि शुक्रबारदेखि जोरबिजोर प्रणाली हट्ने-Goodnews24

Gobal IME Bank

काठमाडौँ, २ पुस- कोरोना महामारी पछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ। कोरोना महामारीको बीचमा भीडभाड कम गर्न सवारी साधनमा जोर-बिजोर प्रणाली लगार्इएको थियो। तर अहिले अन्य सबै सेवाहरू खुलेपनि सवारी साधनको जोर-बिजोर प्रणाली नहटाएको भन्दै व्यवसायी तथा सर्वसाधरणले गरेको गुनासोलार्इ मध्यनजर गर्दै भोलि शुक्रबार देखि भने काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार शुक्रबार देखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुर सहित बसेको बैठकले निर्णय गरेको हो।

जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरि सकेका थिए। काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको छ। बैठकमा भएको सहमति अनुसार यातायात व्यवसायीले स्वास्थ्य प्रोटोकल पूर्ण रुपमा पालना गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले जानकारी दिनु भएको छ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button