मुख्य समाचारसमाचार

वर्तमान शासकीय स्वरुपबाट मुलुकमा विकास र समृद्धि: अध्यक्ष ओली

Gobal IME Bank

मोरङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शासकीय स्वरुपबाट मुलुकको विकास र समृद्धि कायम गर्न सकिने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले यही शासकीय स्वरुपले दिएको प्रणालीलाई सफल कार्यान्वयन गरेमा जनतामा समृद्धि ल्याउन सकिने प्रष्ट पार्नुभयो ।

अहिले भइरहेको प्रणाली भन्दा कार्यान्वयन गर्ने व्यवहारमा कमजोरी रहेको छ भन्दै अध्यक्ष ओलीले व्यक्तिमा रहेको आचरण र व्यवहारलाई परिवर्तन नगरेसम्म जुनसुकै शासकीयस्वरुप पनि असफल हुने प्रष्ट पार्नुभयो । “शासकीयस्वरुप परिवर्तमानमा अहिले हतारिने बेला होइन, सल्लाह र समझदारीमा समाधान गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button