समाचार

खुसीको खबर- चीनबाट आयो प्याज

Gobal IME Bank

goodnews nepal

१ कात्तिक, काठमाडौं । भारतले प्याज निर्यातमा रोक लगाएसंगै रसुवागढी नाकाबाट प्याज आयात बढेको छ। असोज महिना भित्रमा रसुवागढी नाकाबाट २ लाख ३८ हजार ५ सय ८० किलो प्याज आयात भएको थियो । गत आर्थिक वर्षमा यो नाकाबाट प्याज आयात शून्य थियो। भारतले प्याज आयातमा रोक लगाएपछि व्यापारीले चीनबाट आयात गर्न थालेका हुन् ।   रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुन्यविक्रम खड्काका अनुसार नाकाबाट १ करोड २२ लाख ५१ हजार ९ सय ३० रुपैयाँ मूल्य बराबरको प्याज आयात भएको र सो  नाकाबाट यति धेरै प्याज आयात भएको बताएका छन् ।  पछिल्लो एक महिनायता भारतमा प्याजको मूल्य अनियन्त्रित रूपमा बढ्दै गएपछि केन्द्र सरकारले निर्यातमा प्रतिबन्ध लगाएको हो ।
नेपालमा प्याज खासै उत्पादन हुँदैन। खपत हुने परिमाणमध्ये झन्डै ९८ प्रतिशत भारतका नासिक, इन्दौंर, कानपुर, चण्डीगढ, लखनउ, गौरखपुर र सिमलालगायत स्थानबाट प्याज आयात हुन्छ। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब ६२ करोड २५ लाख रुपैयाँको प्याज आयात भएको थियो । काठमाडौं उपत्यकामा मात्रै दैनिक २ सय ७० मेट्रिक टन खपत हुन्छ। त्यसमध्ये कालिमाटीमा ७० मेट्रिक टन, बल्खु र बानेश्वरमा ३०–३० मेट्रिक टनको कारोबार हुन्छ। यी तीन बजारबाहेक अन्य तरकारी बजार, थोक र किराना पसलबाट थप ५० मेट्रिक टनको कारोबार हुन्छ।
चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि यहीबाट हुँदै आएको छ । रसुवागढीलाई २०७४ भदौ १४ मा अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी–व्यावसायी र सवारीको चाप बढ्दै गएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button