समाचारसूचना प्रविधि

ओपो एफ १७ प्रो सार्वजनिक-Goodnews24

Gobal IME Bank

काठमाडौं । ओपोले आफ्नो नयाँ ह्याण्डसेट ओपो एफ १७ प्रो नेपालमा सार्वजनिक गरेको छ । अल्ट्रा–स्लिक स्मार्टफोन बडीमा फेशनेवल प्रविधि सुसज्जित ओपो एफ १७ प्रोले प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फङ्सनको साथमा उत्कृष्ट एआई पोट्रेट फोटोग्राफी फिचरको अनुभूति दिन्छ । स्लिक तथा प्रिमियम डिजाइनमा ७.४८ एमएम अल्ट्रा बडी डिजाइनका कारण ओपो एफ १७ प्रो खल्ती तथा ज्याकेटमा सहजै अटाउँछ। साथै साना ब्यागहरुमा समेत यसलाई मज्जाले समेट्न सकिन्छ । श्रेणीमै अग्रणी ७.४८ एमएम अल्ट्राथिन र १६४ ग्रामको अत्याधिक हल्का बडी निर्माणका लागि मेनबोर्ड, ब्याट्री लगायत अन्य सामग्री स्लिम डिजाइनमा अटाउन कम्पनीले उद्योगकै अग्रणी डिजाइनको प्रयोग गरेको छ । प्रयोगकर्ताले उत्कृष्ट दृश्यानुभव लिन सकुन् भन्ने सोचका साथ एफ १७ प्रोमा ६.४३ ईञ्चको डुअल पञ्च (होल डिस्प्लेको प्रयोग गरिएको छ । साथै, फोनमा एफएचडी+ सुपर एमोलेड डिस्प्लेका साथमा ९०.७% स्क्रिन (टू बडी रेसियो उपलब्ध गरिएको छ । उद्योगकै सानो ३.७ एमएम डायमिटरको क्यामेराका लागि फोनमा मिनी डुअल पञ्च होल्सको प्रयोग गरिएको हो ।

अत्याधुनिक क्यामेरा प्रविधिबाट बनेको एफ १७ प्रोले प्रयोगकर्तालाई ब्यवसायिक झैँ देखिने तस्विर खिच्न सक्ने क्षमता प्रदान गर्छ । एफ १७ प्रोमा रहेका ६ एआई पोट्रेट क्यामेराले उपभोक्तालाई पोट्रेट फोटोग्राफीका लागि सहजता प्रदान गर्नुका साथै भिडियो स्टेबलाइजेशन फिचर्स पनि उपलब्ध गराउँछ । यसमा रहेका क्यामेराले प्रयोगकर्ताको प्राकृतिक सौन्दर्य र अनुहारका विवरणहरु बचाउँदै आकर्षक तस्विर लिन सघाउँछ । एआई सुपर क्लियर पोट्रेटले आँखीभौ लगायत साना साना अनुहारका चारित्रिक विशेषताहरु स्पष्ट रुपमा प्रस्तुत गर्ने तथा पूण निर्माण गरी तिनको उचित प्रस्तुतिको सुनिश्चितता प्रदान गर्छ । कम प्रकाश भएका स्थानमा समेत आकर्षक पोट्रेट लिन सघाउने सोचका साथ एफ १७ प्रो मार्फत उपलब्ध गरिएको एआई नाइट फ्लेर पोट्रेटले लोलाईट एचडीआर अल्गोरिथम र बोके ईफेक्टको संयुक्त प्रयोग मार्फत प्रयोगकर्तालाई सिटी लाइट्सको ब्याकड्रप र्फात पोटेटमा सुन्दर नाइट फ्लेयर दिँदै कलात्मक तस्विर लिन सघाउँछ । बोके ईफेक्ट मन नपराउनेहरुका लागि साँझपख कम प्रकाश उपलब्ध भएका अवस्थामा समेत चहकिला र स्पष्ट तस्विर लिन यसमा रहेको एआई सुपर नाइट पोट्रेटले सहजता प्रदान गर्छ ।

ओपोको स्वामित्वमा रहेको ३० वाट भोक फ्ल्याश चार्ज ४.० यापिड चार्ज प्रविधिले फोनलाई मात्र ५ मिनेट चार्ज गर्दा प्रयोगकर्तालाई ५ घण्टाको टक टाइम वा थप दूई घण्टा ईन्स्टाग्राम ब्राउजिंग, वा ३५ मिनेट पबजी गेमिङको मज्जा लिने अवसर प्रदान गर्छ। जम्मा ५३ मिनेटमा फोनलाई पूर्ण चार्ज गर्ने यस प्रविधिको प्रयोगले गेमिङ कै समयमा पनि विना चिन्ता ब्याट्री चार्ज गरी गेमका विचमा ब्याट्री सकिने चिन्ताबाट प्रयोगकर्तालाई राहत दिन्छ । यो चार्जिंग प्रविधि तिब्र हुनुका साथै सुरक्षित पनि छ । यसले चार्जिङका समयमा फोन अत्यधिक मात्रामा तात्ने समस्याबाट पनि छुटकारा प्रदान गर्छ । यसले आद्रता भएको अवस्थामा आद्रताको पहिचान गरी उपभोक्तालाई सजग गराउने तथा तत्सभ्भव फोन चार्जिङ रोकी फोन तथा ब्याट्रीलाई सुरक्षा समेत प्रदान गर्छ ।

नेपाली बजारमा ओपो एफ १७ प्रो अक्टोबर १ देखि सर्वत्र उपलब्ध गरिने जानकारी दिइएको छ । म्याजिक ब्ल्यू र म्याट ब्ल्याक गरी दूई भिन्न रंगमा सार्वजनिक हुने यो फोनमा जीबी ¥याम र १२८जीबी सञ्चय क्षमताका साथमा सार्वजनिक हुनेछ । यसको बजार मूल्य रु. ४३,९९० निर्धारण गरिएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button