मुख्य समाचारसमाचार

ललितपुर महानगर: वडा नं. १४ ले विपन्न बिरामीहरुका लागि औषधी उपचार खर्च उपलब्ध गराउँदै

Gobal IME Bank

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १४ ले विपन्न बिरामीहरुका लागि औषधी उपचार खर्च उपलब्ध गराउने भएको छ ।

ललितपुर महानगरपालिका वडा नं. १४ ले एक सुचना जारी गर्दैे वडा नं. १४ भित्र स्थायी रुपमा बसोबास गर्ने, मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराईराखेका, उपचारमा रहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधी उपचार खर्च उपलब्ध गराउन लागेको हो ।

उक्त बिरामीहरुलाई औषधी उपचार खर्च बापत मासिक रु पाँच हजार दिईने बताईएको छ । बिरामीहरुले उक्त औषधी उपचार खर्च बापतको रकम भुक्तानी गर्नको लागि वडा नं. १४ को कार्यालयमा विभिन्न कागजात सहित निवेदन पेश गर्न पनि बताईएको छ । पेश गर्नुपर्ने कागजातहरुमा वडा नं. १४ को नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि वा बसाँई सराईको प्रतिलिपि, हस्पिटल डाक्टरबाट प्रमाणित भएको कागजातहरु रहेका छन् ।

नेपाल सरकारको सामाजिक सुरक्षा नीति अन्तर्गत सामाजिक सुरक्षा भत्ता लिएका व्यक्तीहरु, बहालवाला कर्मचारीहरु लगाएतले भने उक्त औषधी उपचार खर्च लिन नपाईने पनि बताईएको छ ।

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button