मुख्य समाचारसमाचार

सुरज आर्केडको बेसमेन्ट पार्किङका लागि तयार

एक पटकमा ३ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिने

Gobal IME Bank

काठमाडौँ । न्युरोडस्थित सुरज आर्केडको बेसमेन्ट पार्किङका लागि तयार भएको छ । केही समय अघि यो ठाउँ व्यवसायिक प्रयोजनमा थियो । महानगरले स्वीकृत नक्सा र वर्तमान उपयोगको अवस्था अनुगमन गरेपछि आर्केड व्यवस्थापनले पार्किङ् प्रयोजनमा रुपान्तरण गरेको हो ।

कम्प्लेक्सको बेसमेन्टमा अहिले एकै पटक ३ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने भएको छ । कम्प्लेक्समा पार्किङ् सुविधा थपिएसँगै सधैजसो सवारी चाप रहने नयाँ सडक क्षेत्रमा यातायात व्यवस्थापनमा सहयोग पुग्नेछ । काठमाडौ महानगरपालिकाले ०७९ साउन २ गते ३५ दिने सार्वजनिक सूचना गरेर बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला स्वीकृत नक्साबमोजिम सञ्चालन गर्न अनुरोध गरेको थियो । सूचनाको म्याद सकिएपछि भदौ ६ गतेदेखि बानेश्वर क्षेत्रबाट महानगरले अनुगमन गर्दै कारवाहीको प्रक्रिया अगाडि बढाएको थियो ।

अनुगमनपछि सुन्धारामा रहेका काठमाडौँ मल, आरबी कम्प्लेक्स, दरबार मार्गमा रहेका लण्डन पब र दरबार मलको भूमिगत तला पार्किङ् सुविधामा रुपान्तरण भएका छन् ।

यस्तै नयाँ बानेश्वर, कलंकी, त्रिपुरेश्वर लगायत स्थानमा बेसमेन्ट तथा जमिन तलाको व्यवसायिक प्रयोजन हटाएर पार्किङ्का लागि खाली गराइसकेको छ । यसरी खाली गराइएका संरचनाहरुमा नक्सा स्वीकृत गर्दा पार्किङ् र भण्डार कक्ष देखाएर सुविधा प्राप्त गरेका हुन्
यससँगै मापदण्ड विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरु, ओभरल्यापिङ् र सेडव्याक हटाउने क्रमलाई निरन्तरता दिइएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button