मुख्य समाचारसमाचार

“परम्परागत मौलिक स्वरुपका घरको संरक्षण गर्नुपर्छ” : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छेँ

Gobal IME Bank

भादगाउँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेँले परम्परागत र मौलिक स्वरुपका घरहरूको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

पच्चीसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ख्वप इञ्जीनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जीनियरिङले संयुक्तरूपमा बिहीबार दत्तात्रयमा आयोजना गरेको जनचेतनामूलक शैक्षिक प्रदर्शनी कार्यक्रममा बिजुक्छेँले परम्परागत र मौलिक स्वरुपका घरहरूको लोप हुन लागेकामा चिन्ता व्यक्त गर्दै त्यस्ता घरहरूको संरक्षण गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले भवन निर्माणमा आधुनिक तथा नयाँ–नयाँ प्रविधि प्रयोग बढेसँगै मौलिक घर लोप हुँदै गएको बताउनुभयो । उहाँले देखावटीको निम्ति मात्र पुरानो शैलीको घर निर्माण गर्नु गलत भएको धारणा राख्नुभयो । उहाँले माटो जोडाइ, ढुङ्गा र काठ तथा प्राकृतिक स्रोतको प्रयोगबाट मौलिक शैलीमा घर निर्माण गर्नेतर्फ अनुसन्धानको आवश्यकता रहेको खाँचो औँल्याउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले भौतिक पूर्वाधार तथा निर्माण मापदण्ड तयार गरी भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि आवश्यक व्यवस्था मिलाउँदै आएको जानकारी दिनुभयो ।

ख्वप इञ्जीनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जीनियरिङबाट विकास निर्माणका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरी बलियो र भरपर्दो निर्माणका लागि राष्ट्रियरूपमा टेवा पुर्‍याउँदै आएको बताउनुभयो । नगरप्रमुख प्रजापतिले नपाले प्रत्येक वर्ष भवन निर्माण कार्यमा संलग्न डकर्मी, सिकर्मीलगायत प्राविधिकलाई भूकम्प प्रतिरोधी प्रविधिसम्बन्धी तालिम प्रदान गर्ने जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भूकम्पलगायत विपद्का बेला सुरक्षित बसोबासका लागि खुला क्षेत्र र सार्वजनिक ठाउँको संरक्षणमा स्थानीय तहले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । कलेजका प्राचार्यद्वय सुजन माक र सुनिल दुवाल, उपप्राचार्य रत्नशोभा प्रजापतिले भूकम्प प्रतिरोधी क्षमता विकास गर्न भूकम्पसम्बन्धी अध्ययन, अनुसन्धानलाई निरन्तरता दिनुपर्ने र भूकम्प विषयमा स्नातकोत्तर विषयको अध्ययन अध्यापन सञ्चालन गरेकै कारण यस किसिमको शैक्षिक प्रदर्शनी गर्न सफल भएको बताउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button