समाचार

कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार – Good News 24

Gobal IME Bank

काठमाडौँ । नेपालमा अहिले पर्यटनको मुख्य याम चलिरहेको छ । बर्खा सकिएर सफा मौसम अनि हिन्दुहरुको महत्वपूर्ण चाडपर्व दसै, तिहार, छठलगायत शुरु भएकाले यो समयमा पर्यटकीय गतिविधि स्वभाविक रुपले बढ्छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त मौसम भएकाले यो याममा बढी विदेशी पर्यटक नेपाल घुम्न आउछन् ।

मूख्य पर्यटकीय याम शुरु भएकाले विदेशी पर्यटकको आगमनमा वृद्धि भएको र आन्तरिक पर्यटकले गन्तव्य भरिभराउ रहेको पर्यटन व्यवसायी मोहन लम्साल बताउनुहुन्छ । “विस्तारै पर्यटकको फ्लो बढेको छ । महत्वपूर्ण पर्यटकीय याम चलिरहेकाले आगामी दिन पर्यटनका लागि सुखद् रहने देखिन्छ । अहिलेको पर्यटन क्षेत्रको चहलपहलले व्यवसायीलाई उत्साहित बनाएको छ”, नेपाल पर्वतारोहण सङ्घका महासचिव समेत रहनुभएका व्यवसायी लम्सालले भन्नुभयो ।

यतिखेर पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक नेपालका विभिन्न गन्तव्यमा निस्केका छन् । आन्तरिक पर्यटक पनि गन्तव्यमा झुम्मिएका छन् । पर्यटन विभागको तथ्याङ्कअनुसार यस वर्षको शरद ऋतुमा सगरमाथासहित विभिन्न २१ हिमाल तथा चुली आरोहणका लागि ६९ आरोही समूहका पाँचसय ७९ आरोहीले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका ४०४ जनाले अनुमति पाएका छन् । उनीहरु यतिखेर आरोहणमा व्यस्त छन् । नेपालसहित ६७ देशका नागरिक पर्वतारोहणमा निस्किएका छन् ।

आन्तरिक पर्यटकको पनि गन्तव्यमा घुँइचो लाग्छ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किने क्रममा छ । महामारीपछि पर्यटक आगमनदर सुध्रिएको छ भने पर्यटकीय गतिविधि पनि बढेको छ । राजधानी काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी तथा चर्चित पदयात्रा गन्तव्यमा उल्लेख्य सङ्ख्यामा पर्यटक गएका छन् ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बास्तोलाले पछिल्लो सयम विदेशी तथा स्वदेशी पर्यटक बाक्लो सङ्ख्यामा गन्तव्यतिर लागेको बताउनुभयो । चर्चित अन्नपूर्ण, लाङटाङ् खुम्बु क्षेत्रलगायत क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल बाक्लिएको छ । अन्य गन्तव्यमा पनि पर्यटन गतिविधि बढेको छ ।

नेपालमा यस याममा उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक आउँछन् । सफा मौसम, दसैँ, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्व पर्ने भएकाले विदेशीका साथै गैरआवासीय नेपाली पनि उत्तिकै आउँछन् । विशेषगरी पदयात्रा र पर्वतारोहणका लागि यो उपयुक्त समय हो ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले यो याममा पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी पर्यटकको चहल पहल बाक्लिएको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको विकास प्रवद्र्धनका लागि नयाँ तौर तरिकाबाट योजनाबद्ध कार्यक्रम ल्याइने बताउनुभयो । भारत, बङ्गलादेशलगायत मुलुकबाट बढीभन्दा बढी विदेशी पर्यटक आकर्षित गर्न सोही किसिमको बजार रणनीतिका साथ बोर्ड लागिपरेको निर्देशक लामिछानेको भनाइ छ ।

होटल सङ्घ नेपाल ९हान०का प्रथम उपाध्यक्ष विनायक शाहले पर्यटकीय याम शुरु भएसँगै विदेशी पर्यटक आगमनदर वृद्धि भएको बताउनुभयो । पर्यटनका लागि उपयुक्त मौसम भएकाले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटक आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । “विदेशी पर्यटकको होटल बुकिङ्ग सकारात्मक छ । अहिले ४० प्रतिशत हाराहारीको बुकिङ्ग छ”, शाहले भन्नुभयो ।

नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल ९नाट्टा०का अध्यक्ष रमेश थापाले पर्यटन क्षेत्र विस्तारै जुर्मुराउँदो अवस्थामा रहेको उल्लेख गर्दै यसलाई फलदायी बनाउन रणनीतिक बजारीकरण जरुरी भएको बताउनुभयो । उहाँले पर्यटन पुनरुत्थानको कार्यलाई चाडो अघि बढाई पूर्वाधार विकास र सेवा स्तरोन्नतिमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

पाटाका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० सुरेशसिंह बुडालले नेपालमा पर्यटनसँग सम्बन्धित अन्तरराष्ट्रिय स्तरका सभा सम्मेलन र ‘इभेन्ट’ चलिरहेकाले पर्यटन क्षेत्रमा सकारात्मक सङ्केत देखिएको बताउनुभयो । पर्यटन पुनरुत्थानका लागि सरकारले हालै नेपाल भ्रमण दशक ९सन् २०२३ देखि ३२० घोषणा गरेको छ । सरकार र निजी क्षेत्रको साझेदारीमा भ्रमण दशकको कार्ययोजना चाँडै सार्वजनिक गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाँले पर्यटनका अन्य क्षेत्रको सम्भावना पहिचान र प्रवद्र्धनका साथै पूर्वाधार विस्तार गरिने बताउनुभयो ।

कोभिड–१९ पछिको पर्यटनलाई नयाँपन दिएर चलायमान बोर्डले अन्तरराष्ट्रिय बजारीकरण नयाँ ढ्गले अघि बढाउने नीति लिएको बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको नयाँ ढङ्गले बजारीकरण र प्रवद्र्धन गर्न नीतिगत सुधारका साथै सेवामा विविधिकरण र सुदृढिकरण गरिनुपर्नेमा जोड दिनुभयो ।

पर्यटन बोर्डको तथ्याङ्कानुसार सन् २०२१ मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल आएका थिए । कोभिड–१९ पूर्व अर्थात् सन् २०१८ र सन् २०१९ मा समान १२÷१२ लाख हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका थिए । पछिल्लो सन् २०२२ को आठ महिनामा तीन लाख बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका बताइएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button