मनोरञ्जनसमाचार

विश्वले किन सम्झने ‘पेले’ लाई ? पढ्नुहोस्

Gobal IME Bank

ऐजेन्सी । ब्राजिलियन फुटबल स्टार पेले जो देशको खजाना र विश्वभरी लेजेन्डको रुपमा प्रचलित हुनुहुन्थ्यो उहाँको सन् २०२२ डिसेम्बर २९ बिहिबार ८२ वर्षको उमेरमा देहान्त भएको छ । क्यान्सरसँग लामो लडाई पछि उहाँको देहान्त भएको हो ।

उहाँलाई विश्वले पहिलो इन्टरनेसनल फुटबल स्टार र फुटबल खेलको लेजेन्डको रुपमा सधैँ याद गरिरहने छ ।

पेलेले आफ्नो २१ वर्ष लामो फुटबल करियरमा १२०० भन्दा बढी गोल गर्नु भएको छ भने १३०० भन्दा बढ िखेलमा उपस्थित हुनु भएको थियो । पेले विश्वकप ३ पटक जित्न सफल मात्र एक खेलाडी हुनुहुन्छ । ब्राजिलमा र विश्वभरी उहाँ राष्ट्रिय हिरोको रुपमा चिनिनुहुन्छ । पेले फुटबल मात्र नभई सामाजिक कार्यको लागि पनि चिनिनुहुन्थ्यो । उहाँले समाजमा भएको गरिबीको अवस्थामा सुधारको लागि धेरै कार्य गर्नु भएको थियो । पेलेलाई सन् १९९९ मा फिफा को प्लेयरको नाम दिइएको थियो र उहाँ फुटबलको ग्लोबल एम्बेसेडर हुनुहुन्थ्यो ।

आज संसारको हरेक कुनाबाट फुटबल फ्यानहरुले पेलेलाई श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

पेलेको जन्म ब्राजिलको ट्रेस कोराकोस भन्ने सहरमा सन् १९४० अक्टुबर २३ मा भएको थियो । जोहाओ रामोस र डोना सेलेस्टेको पेले पहिलो सन्तान हुनु हुन्थ्यो । उहाँको असली नाम एडसन आरान्तेस डु नाससिमेन्तो हो । फुटबलको खेलमा उदाय पछि उहाँलाई पेले उपनाम दिइएको थियो ।

पेले १९ औ शताब्दिको सबैभन्दा फेमस र बेस्ट पेड एथ्लिट हुनुहुन्थ्यो ।

पेलेको पिता जोआओ रामोस पनि फुटबल खेलाडी हुनुहुन्थ्यो र फुटबलबाट धेरै कमाई गर्न नसकेको कारणले गर्दा पेलेको बाल्यकाल गरिबीमा बितेको थियो । पेलेले बउरुको बाटोहरुमा मोजा र नचाहिने कपडालाई डल्लो बनाई फुटबल खेलेर आफ्नो ट्यालेन्टको विकास गर्नु भएको थियो ।

पेलेले ब्राजिलियन सकर टिमको पुर्व सदस्य वाल्डेमर डे ब्रिटो कोच भएको युथ टिममा जोइन गर्नु भएको थियो । डे ब्रिटोले परिवारलाई मनाए पछि १५ वर्षको उमेरमा सान्तोस प्रोफेसनल सकर क्लबमा जोइन गर्नु भएको थियो । पेले आफ्नो करियरको पहिलो प्रोफेसनल गोल १६ बर्षको उमेर भन्दा अगाडी नै गर्नु भएको थियो ।

सन् १९५८ मा स्विडेनमा भएको विश्वकप प्रतियोगितामा ब्राजिलले पेलेको परिचय विश्वमा गराएको थियो । आफ्नो एथ्लिटिजम, फिल्ड भिजन र उल्लेखनिय गतिको प्रदर्शन गर्दै १७ बर्षको उमेरमा पेलेले ३ पटक गोल गर्नु भएको थियो । त्यतिबेला ब्रजिलले प्रतिस्पर्धी फ्रान्सलाई विश्वकपको सेमि फाइनलमा ५–२ ले हराएको थियो र फाइनलमा विश्वकप होस्ट गरेको देश स्विडेनलाई ५–२ ले पराजित गरि ब्राजिल विश्वकप विजेता भएको थियो ।

पेलेलाई युरोपियन क्लबहरुबाट धेरै अफर आएको थियो र ब्राजिलको प्रेसिडेन्ट ज्यानियो क्वारद्रोसले पेलेलाई राष्ट्रिय खजाना (न्यासनल ट्रेजर) को रुपमा घोषित गर्नु भएको थियो । यसको कारणले गर्दा कानुनी रुपमा नै पेलेलाई अरु देशको क्लब जोइन हुन कठिन भएको थियो ।

सन् १९६२ मा चिलीमा भएको विश्वकपको फाइनलमा चोटको कारण पेले फाइनल खेलमा सहभागी हुन पाउनु भएको थिएन तर ब्राजिल त्यसबेला पनि आफ्नो सेकेन्ड विश्वकप टाइटल जित्न सफल भएको थियो । त्यसको ४ बर्ष पछि भएको विश्वकपमा अपोजिङ डिफेन्डरको आक्रमणको कारण पेले घाइते हुनु भयो जसको कारणले गर्दा त्यतिबेला पनि विश्वकपको खेलमा उहाँ सहभागी हुन सक्नु भएको थिएन र ब्राजिल पहिलो राउन्डमा नै प्रतियोगिताबाट बाहिरिएको थियो ।

सन् १९६० मा लागोसमा भएको एक्जिभिसन गेममा पेलेको खेल हेर्नको लागि नाइजेरियन सिभिल वार ४८ घण्टाको युद्वविराम गरिएको थियो ।

सन् १९७० मा मेक्सिकोमा भएको विश्वकप प्रतियोगितामा पेले आफ्नो टिमको साथमा फर्किनुभयो र प्रतिद्वन्धी इटालिलाई फाइनलमा ४–१ ले पराजित गरेको थियो । त्यस टुर्नामेन्टमा पेलेले चार गोल गर्नु भएको थियो उहाँले एक गोल फाइनलमा गर्नु भएको थियो ।

पेलेले सन् १९७४ मा रिटायरमेन्टको घोषणा गर्नु भएको थियो तर त्यही वर्ष नर्थ अमेरिकन सकर लिगमा उहाँले न्युयोर्क कसमसको तर्फबाट खेलमा सहभागी हुनु भएको थियो र केही समयको लागि नर्थ अमेरिकन सकर लिगलाई पपुलर बनाउनु भएको थियो । उहाँले फाइनल खेल सान्तोस र न्युयोर्क दुवै तर्फ सहभागी भई एक्जिभिन खेलमा खेल्नु भएको थियो र १२८१ गोल र १३६३ गेमको साथमा रिटायर हुनु भएको थियो ।

सन् १९७८ मा युनिसेफले पेलेलाई इन्टरनेसनल पिस अवार्डले पुरस्कृत गरेको थियो । उहाँले ब्राजिलको खेलकुद मन्त्री भएर पनि काम गर्नु भएको थियो र इकोलोजि एण्ड इन्भाइरोमेन्टको युनाइटेड नेसन एम्बेसेडर पनि हुनु भएको थियो ।

पेलेले फुटबल खेलमा गरेको उपलब्धीलाई कुनै पनि महान खेलाडीहरुसँग पनि तुलना गर्न सकिँदैन । कुनै समय पेलेले विश्वलाई आफ्नो अपार खेल हेर्नको लागि रोक्नु भएको थियो । उहाँले विश्वभरको मानिसहरुलाई प्रेरित गर्नु भएको थियो । विश्वभरको मानिसहरुमा प्रभाव पार्नु भएको पेलेको निधन भएको छ र संसार भरिको पेलेको समर्थक र फ्यानहरु शोक मनाई रहेको छन् । पेलेको नाम इतिहासमा सधैँ रहने छ र संसारले पेलेलाई फुटबलको लेजेन्डको रुपमा सधैँ सम्झिरहने छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button