समाचार

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पाँच महिनायताकै न्यून -Good News 24

Gobal IME Bank

काठमाडौँ, २० साउन ।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पाँच महिनायताकै न्यून बिन्दुमा झरेको छ । कच्चा तेलको मूल्य पाँच महिनायता ३० डलर प्रतिब्यारेलमा घटेको छ । कच्चा तेलको मूल्य घट्नुलाई तेल उत्पादक तथा आपूर्तिकर्ता मुलुकहरुको संगठन (ओपेक प्लस) को निर्णय प्रमुख मानिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसंगै यसले नेपाललाई पनि सकारात्मक संकेत देखिएको छ । केही दिनमा नै मुल्य समायोजन हुनसक्ने सम्भावनाहरु रहेको नेपाल आयल निगमले जनाएको छ । इन्धनको मूल्य घट्दा निगमको घाटामा पनि उल्लेख्य सुधार हुँदैछ । अघिल्लो महिना मासिक ४ अर्ब बढी रहेकामा यो महिना एक अर्ब ३० करोड हारहारी मात्रै घाटा रहने निगमले जानकारी गराएको छ । इन्धनको मूल्य अझै घट्ने अन्तर्राष्ट्रिय सम्भावनाका बिच आउँदा दिनमा यसले अर्थतन्त्रमा अझै सकारात्मक संकेत ल्याउने जानकारहरु बताउँछन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button