समाचार

प्लाज्माथेरापीको लागि रक्त सङ्कलन शुरू-GoodNews24

Gobal IME Bank

काठमाडौँ, २५ भदौ: नेपाल रेडक्रस सोसाइटीले कोरोना भाइरस सङ्क्रमितको उपचार सहयोगार्थ प्लाज्मा थेरापीको लागि रगत सङ्कलन शुरु गरेको छ । बुधबार केन्द्रीय कार्यालयमा ३९ वर्षका खिमबहादुर रानाभाटले प्लाज्मा थेरापीका लागि पहिलो रक्तदान गर्नुभएको थियो । रानाभाट कोरोना सङ्क्रमणबाट निको हुनुभएको हो । आफूले पहिले कहिल्यै रक्तदान नगरेको तर निको भएपछि आफ्नो रगतले अरु सङ्क्रमितलाई सहयोग पुग्छ भन्ने थाहा पाएपछि रक्तदान गर्न आएको बताउनुभएको थियो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अनुरोध बमोजिम विभिन्न संस्थाहरुसँगको सहकार्यमा रेडक्रसले यो सेवा थालेको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा. मनिता राजकर्णिकारले बताउनुभयो । रेडक्रस सोसाइटी र नेपाल मेडिकल एशोसिएसन बीच रगत सङ्कलनमा सहकार्य गर्ने गरी सात बुँदे सम्झौता बुधबार भएको छ । रेडक्रसका अध्यक्ष डा नेत्र तिमिल्सिना र मेडिकल एसोसिएसनका अध्यक्ष डा लोचन कार्कीले दाताहरुको नाम सङ्कलन गरी प्लाज्मा बैंक स्थापनामा सहकार्य गर्दै अगाडि बढ्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । सम्झौताबमोजिम रेडक्रसले प्लाज्मा दानका लागि प्रविधिक जनशक्ति, प्लाज्मा ब्याग लगायत आवश्यक सामग्रीको व्यवस्थापन तथा प्लाज्मा बैंकको स्थापना गर्नेछ ।

त्यसमा चिकित्सक संघले प्लाज्मा सङ्कलनका लागि कोभिड–१९ सङक्रमित भई निको भएका नागरिक, चिकित्सक तथा स्वास्थ्यकर्मीको विवरण संकलन गरी प्लाज्मा दान गर्न सरोकारवाला दातासँग समन्ययनकारी भुमिका निर्वाह गर्नेछ । रेडक्रसको समन्वयनमा प्लाज्मा दान गर्ने दाताको सम्मानका लागि आवश्यक तयारी गरिएको छ ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं. २५ का वडाध्यक्ष निलकाजी शाक्यले सङ्क्रमण निको भएकाको खोजी गरी रक्तदानमा उत्प्रेरीत गर्ने बताउनुभयो । स्थानीय अस्पतालसँगको सहकार्यमा रेडक्रसका सुनसरी, चितवन, भक्तपुर, बुटवल, नेपालगञ्ज, र कैलालीका रक्तसञ्चार सेवाले प्लाज्मा थेरापीको लागि रगत सङ्कलन शुरु गरिसकेकोछ । धनुषा र पोखरामा पनि यस्तो सेवा छिटै थालिने बताइएको छ । प्लाज्मा थेरापी उपचारको प्रभावकारिता अहिले पनि अनुसन्धानकै क्रममा रहेको चिकित्सकहरुले बताएका छन् । प्लाज्मा दान गर्दा दातालाई कुनै शारीरिक तथा मानसिक असर नपर्ने चिकित्सक संघले जनाएको छ । संघका अध्यक्ष डा. कार्कीले नागरिकको जीवन रक्षामा संलग्न हुन सरोकारवालालाई आग्रह गर्नुभएको छ । –––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button