समाचार

आत्मनिर्भरको आधार बने कृतिम हातखुट्टा – Good News 24

Gobal IME Bank

नवलपरासीपूर्व, मध्यबिन्दु । नवलपरासीपूर्वमा सबल केन्द्र स्थापना भएपछि हात–खुट्टा गुमाएकाले नयाँ जीवन पाएका छन् । मध्यबिन्दु जिल्ला अस्पताल डण्डा र चौधरी फाउण्डेसले संयुक्तरुपमा सवल केन्द्र स्थापना गरेपछि हात तथा खुट्टा नहुनेहरु खुसी भएका हुन् । अरुको सहाराबिना हिँडडुल गर्न समस्या भएका व्यक्ति कृतिम हात खुट्टा पाएपछि अहिले आत्मनिर्भर हुन थालेका छन् ।

लमजुङका २७ वर्षीय विकास तामाङको जन्मदा नै बायाँ खुट्टा थिएन । हिँडडुल गर्न समस्या हुँदा जीवनदेखि नै निरास लागेको उहाँ बताउनुहुन्थ्यो छ । विसं २०७५ माघ ३ मा सहज अस्पताल गैँडाकोट र चौधरी फाउण्डेसनले आयोजना गरेकोे कृतिम हातखुट्टा जडान शिविरमा उहाँले खुट्टा राख्नुभयो । खुट्टा नभएर केही गर्न सकिन्न की भनेर निरास हुनभएका उहाँले अहिले कृतिम खुट्टा पाएपछि आफू र आफ्नो परिवारको दैनिक गुजारा चलाउँदै आउनुभएको छ । अरुको सहारामा हिँड्नुपर्ने विकास अहिले सवल केन्द्रमा कृतिम हातखुट्टा बनाउने र जडान गर्ने कार्यमा व्यस्त हुनुहुन्छ ।

आर्थिक अभावका कारण सञ्चालनमा आउन नसकेको सवल केन्द्रलाई मध्यबिन्दु जिल्ला अस्पताल र चौधरी फाउण्डेसनको सहकार्यमा २०७८ फागुन १८ गतेदेखि सञ्चालनमा ल्याइएको हो । दुर्घटना भएर वा अन्य कुनै समस्याका कारण हातखुट्टा गुमाएका ८४ जनाले अहिलेसम्म त्यहाँबाट कृतिम हात तथा खुट्टा जडान गरेको केन्द्रका स्रोत व्यक्ति दीपकसिं केसीले बताउनुहुन्छ । यहाँ विभिन्न जिल्लाबाट कृतिम हात तथा खुट्टा लगाउन आउने गर्दछन् ।

चौधरी फाउण्डेसनले भगवान् महावीर विकलाङ्ग सहायता समिति र भारतीय दूतावाससँगको सहकार्यमा नेपालमा कृतिम हातखुट्टा वितरण गर्ने कार्यक्रम सञ्चालनमा ल्याएको हो । कृतिमरुपमा जडान गरिएको अङ्गले आत्मविश्वाससँगै स्वरोजगार बन्न सहयोग पुगेकोसवल केन्द्रमा सेवा लिनेको भनाइ छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button