शिक्षा स्वास्थसमाचार

के हो PMS (प्रि मिन्सट्रल सिन्ड्रम ) ?

Gobal IME Bank

एजेन्सी । कुनै पनि दुई शरीर एउटै किसिमको हुँदैन । हामीले सुनेका छौँ होला, हरेक महिलाको प्रेग्नेन्सी एकै किसिमको हुँदैन । प्रेग्नेन्ट अवस्थामा महिलाहरुको अनुभुती फरक फरक हुने गर्छ । त्यसैगरी महिलाहरुमा पिरियडको समय पनि फरक फरक किसिमको अनुभव हुन्छ ।

धेरै मानिसहरुमा महिलाहरुलाई पिरियडको समयमा चिडचिडापन र रिस उठ्ने गर्छ भन्ने सोच रहेको पाइएको छ । महिलाको मुडलाई पिरियड सँग जोड्ने गरिन्छ तर यो कुरा सबै महिलाहरुमा लागु हुँदैन । रजस्वलाको समयमा कुनै महिलालाई धेरै पिडा हुन्छ पेट दुख्ने, खुट्टा दुख्ने, जिउ दुख्ने, चिडचिडापन हुने र केहि महिलाहरुलाई त डाइरीया पनि भइरहेको हुन्छ भने केही महिलाहरुलाई यस्ता कुनै प्रकारको पिडा हुँदैन । यस्तो बेलामा महिलाहरुलाई सिटामोलको मात्र सेवन गर्न डाक्टरले सल्लाह दिने गर्छन् । हट वटर ब्यागले सेक्दा पनि पिडा केहि मात्रामा कम हुने गर्छ ।

पिरियमा पिडा हुने महिलाहरुलाई पिरियड हुनु भन्दा केही दिन अगाडी नै थाहा हुन्छ भने केही महिलालाई त ६/७ दिन अगाडी नै पिरियड सुरु हुन लागेको बारेमा थाहा हुन्छ । यस्तो समयमा महिलाहरुलाई थकान महसुस हुने, पेट दुख्ने, चिडचिडापन हुने र सानो सानो कुरामा रिस उठ्ने गर्छ यसलाई प्रिमेन्सट्रल सिम्पटम भन्ने गरिन्छ । रिसर्चमा देखाइएको छ कि हरेक महिलाहरुले जीवन कुनै समय पिएमएस महसुस गरेका हुन्छन् ।

रजस्वला अथवा महिनावारी महिलाहरुको जिवन स्वभाविक हिस्सा हो । पिरिउडको समयमा पनि बाँकी दिनहरुमा जस्तै काम गर्न सकिन्छ । तर प्राय महिलाहरुमा पिरियड हुनु भन्दा अगाडीका केही दिनहरु कठिन हुन्छन् यो समयमा महिलाहरुलाई दैनिक कार्यहरु गर्न पनि गाह्रो भइरहेको हुन्छ । यती बेला महिलाहरुलाई शारिरीक र मानसिक दुबै किसिमको तनाव भइरहेको हुन्छ ।
यदि तपाईलाई यस्तो महसुस भई रहेको छ भने तपाई पक्कै पनि प्रि मिन्सट्रल सिम्पटम अनुभव गरिरहनु भएको छ । पिएमएस महिलाहरुले ओब्युलेसन र पिरियड सुरु हुनु भन्दा अगाडी अनुभव गरिरहेका हुन्छन् ।

डाक्टरहरुले बताए अनुसार महिलाहरुको अण्डाशयमा भएको अण्डा जब फर्टिलाइज हुँदैन अथवा जब महिलाहरुको गर्भधारण हुँदैन तब एस्ट्रोजन, प्रोजेस्ट्रेन र टेस्टोस्टोरोन नामको हार्मोनहरु तेजसँग घट्छ र पिरियड सुरु भए पछि हार्मोनहरुको स्तर पुन बढ्न थाल्छ तब पिएमएस को लक्षण पनि हराउँछ ।

पिएमएसको एउटा लक्षण हरेक महिलाले अनुभव गरेका हुन्छन् र उमेर बढेसँगै यसको लक्षणहरु पनि बढ्ने गर्छ । ३५ देखि ४५ वर्षको उमेरको बेलामा यसको लक्षण धेरै बढ्न सक्छ किनभने यतिबेला महिलाहरुको शरीर रजोनिवृति अथवा मेनोपजको लागि तयार भइ रहेको हुन्छ । मेनोपज भए पछि महिलाहरु पिरियड साइकल सधैको लागि बन्द हुन्छ र यसका साथ साथ महिलामा पिएमएसको लाक्षण पनि हराउँछ ।

पिएमएसको लक्षणहरु ब्रेस्टमा सुजन हुने र दुख्ने, कब्जियत वा डाइरिया हुने, पेट फुल्ने वा ग्यासको समस्या हुने, ढाड दुख्ने, पेट दुख्ने गर्छ ।
पिएमएसको मानसिक लक्षणहरु चिडचिडापन हुने, थकावट र कमजोर महसुस हुने, धेरै निद्रा लाग्ने वा निद्रा लाग्दै नलाग्ने, खानेकुराहरुको क्रेविङ हुने कसैलाई गुलियो वा कसैलाई पिरो अमिलो खान मन लाग्ने हुन्छ, सम्झिनमा दिक्कत हुने र सानो सानो कुराको तनाव र टेन्सन हुने गर्छ, मुड स्वीङ हुने समस्या आउने इत्यादि लक्षणहरु देखिन्छ ।

यी सबै लक्षण एकै पटक महसुस हुँदैन तर यि मध्ये ५ वटा लक्षणहरु महसुस भए वा देखिएमा यो पिएमएस हो भन्ने कुरा बुझ्न सकिन्छ । यदि महिलाहरुमा अरु कुनै किसिमको स्वास्थ्य समस्या छ भने पिएमएसको लक्षण धेरै मात्रामा देखिन्छ । पिरियड सुरु भएको चार दिन पछाडी पिएमएसको लक्षण हराउने गर्छ ।

पिएमएस भएको हो वा होइन भनेर जाँच्नको लागि कुनै किसिमको ल्याब टेस्ट गर्न सकिँदैन र यसको कुनै ठोस एउटा उपचार पनि हुँदैन ।
हरेक दिन आधा घण्टा शारिरीक व्यायाम जस्तै योगा, मेडिटेसन वा डिप ब्रिदिङ अभ्यास गर्दा केही मात्रामा फाइदा मिल्न सक्छ । तनाव मुक्त रहने र निद्र पुग्ने गरी सुत्ने बानीले पनि फाइदा पुर्याउछ ।

केहि मानिसहरु भन्ने गर्छन् पहिलेको जेनेरेसनको महिलाहरुलाई यस्तो हुँदैनथ्यो । यो मान्यता साँचो भने होइन यी सबै कुराहरु पहिलेको महिलाहरुले पनि अनुभव गर्थे तर यसको बारेमा उनीहरु खुलेर कुरा गर्ने थिएनन् । त्यसैले महिला र पुरुष स्वास्थ्यको बारेमा खुलेर कुरा गर्नु महत्वपुर्ण कुरा हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button