मनोरञ्जनमुख्य समाचारसमाचार

अभिनेत्री सुरक्षा पन्तको कविता ‘आशीर्वाद’

Gobal IME Bank
“आशीर्वाद“
आऊ सति-सङ्गीहरू
आशिष दिएर हेरौं!
धनको नाममा होस्
तेजस्वी इन्द्रिय
मानको नाममा होस्
केवल ऐना, त्यो पनि मुटुभित्र
जसमा छर्लंग होस्
“गर्नु भन्दा पहिला ,
सोच्नु भन्दा पहिला“
टुसा भएर आमाको पेटमा
घुर्कीको पुरा पुरा स्वतन्त्रता
पाउनुभन्दा पनि धेरै पहिला
“गलत”
जीवन भर र उपरान्त
सुरु नै गर्न नआओस्
आऊ सति-सङ्गीहरू
आशीर्वाद दिएर हेरौं!
सरस्वतीले सरापेको देशमा..

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button