मनोरञ्जनमुख्य समाचारसमाचार

विजेता नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई, थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता

Gobal IME Bank
file photo

काठमाडौँ । एसीसी मेन्स प्रिमियर कपको उपाधी हात पारेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिनुभएको छ ।

प्रधानमन्त्री दाहाल ले नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

“एसीसी प्रिमियर कप क्रिकेटको एसिया कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु”, प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ, “देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई ऊर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” प्रधानमन्त्री दाहालले भन्नुभएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपालले सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको हो।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button