समाचार

कमजोरी स्वीकारौं, सबै माओवादी एक हौं : प्रचण्ड

Gobal IME Bank

१५ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ-आफ्नो गल्ती कमजोरी स्वीकार गरी सबै माओवादीहरुलाई एकतामा आउन आग्रह गरेका छन । उनले एकताको बिकल्प नरहेको बताएका छन ।
विप्लव नेतृत्वको पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेताहरु ओमप्रकाश पुन लगायतलाई स्वागत गर्न बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले सबै माओवादी एकजुट हुन आवश्यक रहेको बताए ।
क्रान्तिको खोजी गर्ने मोहन वैद्य र नेत्रविक्रम चन्द (विप्लव)को नियतप्रति आफ्नो शंका नभएको प्रष्ट्याएका छन । ‘माओवादी धारा त्यसमा पनि क्रान्तिको खोजी गर्न जाने मोहन वैद्य, विप्लवको क्रान्तिकारी नियतप्रति मेरो कहिले नै शंका भएन,’ प्रचण्डले भने, ‘तर, क्रान्ति चाहनाले मात्रै हुने कुरा होइन ।’
सबैले आ–आफ्नो कमजोरी स्वीकार गर्ने आँट गरौं भन्दै प्रचण्डले वैद्य, विप्लव लगायत सम्पूर्ण माओवादीलाई पुनर्विचार गर्न आग्रह गरे ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button