समाचार

अब नेपालको बिकास नेपाल कै मोडेलमा : प्रचण्ड -Good News 24

Gobal IME Bank

३० साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्ने बताउनुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित एक कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनु आवश्यक रहेको बताउनुभएको हो । उहाँले नेपालको विकासको स्वरुप आफ्नै प्रकारको हुनुपर्ने बताउनु भयो । नेपाली मोडेलले नै देशको विकास हुनुपर्ने भन्दै देशको इतिहास, भुगोल, संस्कृति र जातिय बनावट अनुकुल नेपाली स्वरुपको विकास गर्न सक्नुपर्ने बताउनु भयो ।
अध्यक्ष दाहालले विकासको वातावरण बनाउनका लागि उत्पादन अभिवृद्धि गर्ने, आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने, निर्यात प्रवद्र्धन गर्ने र आयात प्रतिस्थापन गर्ने लगायतका काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘हामीले राजनीतिक परिवर्तनको निम्ति धेरै संघर्ष गर्‍यौँ । अब देशको स्थायित्व र विकासको निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक छ ।” विगतमा कतिपयले सिंगापुरजस्तो, स्वीटजरल्याण्डजस्तो, जापानजस्तो इत्यादी भन्नेपनि गरे तर नेपालको विकास नेपाली मोडेलकै हुनुपर्दछ । हाम्रो इतिहास, भुगोल, संस्कृति, हाम्रो जातिय बनोट अनुसार नै त्यसैको अनुकुल नेपाली मोडेलको विकास हामीले गर्न सक्नुपर्ने बताउनु भयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button