समाचार

अध्यक्ष दाहालद्वारा गिरीप्रति श्रद्धाञ्जलि व्यक्त -Good News 24

Gobal IME Bank

काठमाडौँ, ५ भदौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनले आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ ।
अध्यक्ष दाहालले एक शोक सन्देश जारी गर्दै नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं कांग्रेसका नेता गिरीको निधनले स्तब्ध बनाएको बताउनुभएको हो ।
उहाँले गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा ‘एक गहिरो अभाव’को अनुभूति गर्दै स्व गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
शनिबारमात्रै अध्यक्ष दाहालले उहाँ उपचाररत अस्पताल पुगेर पछिल्लो अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । नेता गिरीको शनिबार राति निधन भएको हो ।
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button