समाचार

जनतालाई केन्द्रमा राखेर सेवा गर्न अध्यक्ष प्रचण्डको निर्देशन -GoodNews24

Gobal IME Bank

काठमाडौँ, २० जेठ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई केन्द्रमा राखेर उनीहरुको सुख दुःखमा साथ दिएर काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिनुभएको छ ।
उहाँले भन्नुभयो, “जनतामा माओवादी नै सेवक हो, सुख दुःखमा साथ दिन्छ भन्ने मान्यता स्थापित हुने गरी काम गर्नुस् ।” सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख तथा उपप्रमुखलाई आज आफ्नै निवास खुमलटारमा आयोजित एक कार्यक्रममा उहाँले विकास निर्माणको काम गर्दासमेत स्थानीय आवश्यकता र जनताको चाहनालाई ख्याल गर्न आग्रह गर्नुभएको थियो ।
स्थानीय तहका नवनिर्वाचित प्रमुख-उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौँ आएका देशैभरका जनप्रतिनिधिलाई पनि अध्यक्ष दाहालले सोही खालको निर्देशन दिनुभएको थियो । कार्यक्रममा सहभागी कर्णाली प्रदेश अध्यक्ष विमला केसीका अनुसार सबै प्रतिनिधिलाई अध्यक्ष प्रचण्डले बधाई तथा शुभकामना मात्रै दिनुभएन, स्थानीय सरकार जनतामा जोडिएको सरकार भएकाले भूमिका बढाउनसमेत आग्रह गर्नुभएको थियो ।
अध्यक्ष दाहालले जनताको मन जितेर काम गरेको खण्डमा पार्टीलाई एक नम्बरको बनाउन कुनै समस्या नहुने बताउनुभएको थियो । पार्टीको विचार, सिद्धान्त र आचरणविपरीत कुनै पनि गतिविधि नगर्न आग्रह गर्दै उहाँले सबैलाई सचेत गराउनुभएको थियो । अध्यक्ष दाहालको सचिवालयले पनि पार्टीसम्बद्ध स्थानीय तहका जनप्रतिनिधिलाई इमान्दार भएर काम गर्न स्पष्ट शब्दमा निर्देशन दिनुभएको पुष्टि गरेको छ ।
माओवादीले बुधबार र बिहीबार देशैभरका नवनिर्वाचित स्थानीय तहका प्रमुख÷उपप्रमुखलाई काठमाडौँ बोलाएर विभिन्न विधामा प्रशिक्षण दिएको थियो । आगामी आवको नीति तथा कार्यक्रम र बजेट तयार पार्नुअघि दिइएको प्रशिक्षणले सकारात्मक प्रभाव पर्ने कार्यक्रममा सहभागीको भनाइ छ ।
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button