समाचार

देशमा सुशासन र भ्रष्टाचार रहितको समाज निर्माण गर्ने कार्यमा जोडः नवनिर्वाचित सभापति पन्थ – Good News 24

Gobal IME Bank

काठमाडौं । दिगो विकास तथा सुशासन समितिका नवनिर्वाचित सभापति प्रकाश पन्थले देशमा सुशासन कायम गराउन र भ्रष्टाचार रहितको समाज निर्माण गर्ने कार्यमा आफनो जोड रहने बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा दिगो विकास तथा सुशासन समितिको सभापतिको पद तथा गोपनियताको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राज्यका निकाय र सबै सरोकारवालालाई प्रशासन नभइ सुशासन र प्रशासक नभइ सुशासक बनाउने आफनो लक्ष्य रहेको बताउनु भयो । उहाँले दिगो विकासको लक्ष्य हासिल गर्ने उददेश्यका साथ समितिबाट सामुहिक रुपमा कोशिस गर्ने पनि बताउनु भयो ।

समिति सभापति पन्थले समितिका सदस्य र सचिवालयको सहकार्यमा सरोकारवालाहरुसँग छलफल गर्ने र समितिको उददेश्यअनुरुप अघि बढाउने कोशिस रहने बतउनु भयो । उहाँले नेपालले सन २०३० सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्ने उददेश्य राखेकोले सोही अनुरुप समितिमा आफनो काम अघि बढने बताउनु भयो । समिति सभापति पन्थले विकाससँगै सुशासन र सेवा प्र्रवाहमा चासो दिइ समितिका काम कारबाही हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाका ४ वटै विषयगत समितिहरुले आजबाट पूर्णता पाएको छ । मैले दिगो विकास तथा सुशासन समितिको सभापतिको जिम्मेवारी पाएको छु । सामुहिक रुपमा सबै मान्य ज्यूहरुसँग सचिावलयहरुसँगको सहकार्यमा सरोकारवालाहरु समेतको परामर्श, सल्लाह, सुझावमा समितिको उददेश्यअनुरुप अघि बढाउने कोशिसहरु गर्नेछु । अन्तर्राष्ट्रिय स्तरमा पनि यो दिगो विकासको अन्तर्राष्ट्रिय लक्ष्य हो यो, सन २०३० सम्ममा लक्ष्य बोकेको छ । त्यसलाई पूरा गर्ने दायित्व नेपालको पनि हुने भएकोले त्यसतर्फ सरकार, सरोकारवाला सबै विकास निर्माणका कुराहरुदेखि लिएर दिगो विकासको लक्ष्य हासिल गर्ने उददेश्यका साथ समितिबाट सामुहिक रुपमा कोशिस गर्नेछौँ ।

विकाससँगै सुशासनको कुरा पनि छ, विकास निर्माणदेखि राजनीतिक चरित्रदेखि लिएर धेरै ठाउँमा सेवा प्रवाहमा प्रतिक्रिया धेरै आउन थालेको छ । हामी सुशासन कायम गर्ने कुरामा, भ्रष्टाचाररहितको समाज निर्माण गर्ने कुरामा जनप्रतिनिधिदेखि राज्यका निकाय र सबै सरोकारवालालाई प्रशासन नभइ सुशासन बनाउने दिशामा, प्रशासक नभइ सुशासक बनाउने कुराबाट हामी कोशिस गर्नेछौँ । सरकारलाई खबरदारी गर्नेछौँ । सरकारका गतिविधिहरु निगरानी गर्नेछौँ ।’

बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा अन्तर्गत ४ वटा विषयगत समितिका नवनिर्वाचित सभापतिहरुलाई पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको थियो । जसअनुसार दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. वेदुराम भुषाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापा पार्वतीले शपथ लिनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button