मुख्य समाचारसमाचार

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन: पर्यवेक्षकहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रम – Good News 24

Gobal IME Bank

काठमाडौं । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९लाइ निष्पक्ष,स्वतन्त्र र शान्तिपूर्ण तरीकाले सम्पन्न गर्न पर्यवेक्षणमा खटिएका लामो समयका पर्यवेक्षकहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रम बिहीबारदेखि नगरकोटमा शुरू गरेको छ ।

७७जिल्लाका जिल्ला संयोजक तथा सातै प्रदेशका संयोजकको सहभागीता रहेको कार्यक्रममा मुख्य निर्वचन आयुक्त डाक्टर दिनेशचन्द्र थपलीयाले निर्वाचनमा सधैँ सबै संगै बसेर आयोगको नेतृत्व र सवैको दायित्व हुने भन्दै ४० वटा संस्थाले पर्यवेक्षणको अनुमति मागेपनि ७७वटै जिल्लाको प्रतिवेदन दिने आधिकारिक एवम् एकमात्र संस्था नियोक रहेको बताउनु भयो। पर्यवेक्षण गर्ने विभिन्न संस्थाको भिडमा निर्वाचन आयोगले विश्वास गर्न योग्य पर्यवेक्षण संस्था नियोक मात्र रहेको बताउनु भयो।

थपलियाले नियोककोले गर्ने पर्यवेक्षण सत्यतामा आधारित र र विश्वास योग्य हुने बताउनु भयो। लोकतन्त्रमा निर्वाचन अनिवार्य रहेको भन्दै संका उपशंकालाई चिर्दै आगामि मंसिर चार गते हूने निर्वाचनलाइ शान्तिपूर्ण रूपमा सफल बनाउन सवैले सहयोग गर्नुपर्ने पनि उहाँले बताउनु भयो। दश हजार आठ सय नब्बे मतदान केन्द्रमा हूने निर्वाचन दाग रहित बनाउन र सफल बनाउनुपर्ने भन्दै राजनीतिक दल र तिनका कार्यकर्तले निर्वाचनलाई बुझ्ने संस्कार हुनुपर्ने र सुरक्षाकर्मीले आफ्नो दायित्व नभुली धाधलीरहित बनाउन भूमिका खेल्नुपर्ने पनि उहाँले बताउनुभयो ।

पर्यवेक्षकले दिने प्रतिवेदन निर्वाचन आयोगले अंगिकार गरेको भन्दै नियोकको प्रतिवेदनलाई आधार मान्दै मतदानकेन्द्र केन्द्र परिमार्जन गरी अपाङ्गता मैत्री बनाउँदै सबैलाई पायक पर्नेगरी थपिएको बताउनु भयो। मतदाताको मतदाता परिचपत्रलाई आधार मान्दै परिचय खुल्ने जुन सुकै परिचयपत्रले मतदान गर्न पाउने भन्दै पर्यवेक्षण गर्ने अनुमतिपुर्ण संस्थाका लागी परिचय पत्र वितरण सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयबाटै वितरण गर्न परिपत्र गर्ने पनि थपलीयाले बताउनु भयो। उमेदवारहरुको योग्यता मतदाताले थाहा पाउनुपर्ने भन्दै उमेदवारले आफ्नो योग्यता क्षमता, निर्वाचन खर्च लगायत सम्पति विवरण लगायतका वायोडाटा सार्वजनिक गर्नुपर्ने बताउनु भयो।

मंसिर चारमा हुने प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनमा निर्वाचन खर्चको सिलिङ्ग तोकिएको भन्दै उमेदवार घुम्न, मतदाता भेट्न र मतदानका दिन राखिने उस्का प्रतिनिधीलाई आधार मान्दै उमेदवार अनुसार खर्च र त्यसको सीमा निर्धारण हुने बताउनुभयो। निर्वाचनमा भाग लिने उमेदवारले एक महिना भित्र खर्च सार्वजनीक नगरे कालो सूचीमा राखी आगामी ६ बर्ष सम्म उमेदवार हुन नपाउने बताउनु भयो।यसका लागि उमेदवाले गर्ने खर्चको पनि नीयोकले पर्यवेक्षण गर्दै दलीय व्यवस्थामा दलले आफ्ना नीति विचार र सिद्धान्त स्पष्ट गर्नुपर्ने भन्दै निर्वाचनमा भाग उमेवादारले लिने हो कि दलले लिने हो प्रस्ट पार्दै आयोले तोकेको रकम निर्वाचन लड्न पर्याप्त रहेको बताउनुभयो। आयोगले तोकेको रकमले पुग्दैन भन्नु मतदाताको अपमान भएकोे बताउनु भयो। यस पटक निर्वाचनको निर्वाचनको मिति घोषणा देखि अन्तिम मत परिणाम देखि बिजयी भएपछी गरिने भोज भतेर पनि निर्वाचन खर्चमै जोडिएकोले पर्यवेक्षकले यसलाई पनि पर्यवेक्षण गर्नुपर्ने बताउनभयो।

दलका उमेदवारले सामाजिकसञ्जालमा कती खर्च गरे त्यो हेर्न मिल्ने प्रविधि बनाइएको भन्दै पर्यवेक्षकले लाइक कमेन्ट गरेको पनि आयोगले निगरानी राख्ने बताउनु भयो। सबैले मतदान गर्नको लागी मतदाता नामावलीमा नाम समावेश भएका तर निर्वाचनमा खटिएका र विशेष परिस्थति भएर विदेशमा रहेका मतदातालाई मतदान गर्न अस्थाइ मतदान केन्द्र बनाउने नि उहाँले बताउनु भयो।

एनडिआई नेपालका कन्ट्री डाइरेक्टर डेबोरा हेलिले नेपालमा हुने निर्वाचनलाई निस्पक्ष रूपमा सम्पन्न गर्न नियोक विश्वासनिय संस्था रहेको बताउँनु भयो।

पुर्व निवार्चन आयुक्त एवम् नियोकका निवर्तमान अध्यक्ष सूर्य प्रसाद श्रेष्ठले निर्वाचनलाई स्वच्छ भयरहित वातावरणमा संपन्न गर्न नियोकको भुमिका रहेको बताउनु भयो। लोकतन्त्र जगेर्ना गर्न नेपाल अग्रणी स्थानमा रहेको भन्दै विभिन्न सरोकारवाला निकायको महत्वपूर्ण भूमिका रहेको बताउँनु भयो। निर्वाचन पर्यवेक्षण गर्ने संस्था र पर्यवेक्षक विश्वासनिय हुनुपर्ने भन्दै राजनीतिक आस्था प्रदर्शन नगरी पर्यवेक्षकको नाउँमा कलंकको टिका लगाउन नहुने बताउनुभयो। निर्वाचन आयोगले संवैधानिक आयोगलाई पछ्याउने भन्दै नीयोक त्यसैको प्रमूख अङ्ग भएकोे बताउनु भयो। लोकतन्त्रको अभ्यासमा नागरीक र मतदाता प्रमूख भएकोे भन्दै निर्वाचन त्यसको मेरुदण्ड भएको भन्दै स्वच्छ पर्यवेक्षण गर्न पर्यवेक्षकलाई आग्रह गर्नुभयो।

निवर्तमान कोषाध्यक्ष भावानी प्रसाद खरेलले नियोले २०४८ सालदेखि निर्वाचन पर्यवेक्षकको पर्यवेक्षण गर्दै आएको भन्दै आगामि दिनमा पनि निष्पक्ष निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगलाई सहयोग गर्न तयार रहेको बताउनु भयो , निवर्तमान महासचिव डाक्टर गोपालकृष्ण सिवाकोटीले नियोक एसियाका १८ देश संलग्न एशियन निर्वाचन पर्यवेक्षण संस्था एनफेल संग आबद्द रहेको भन्दै नियोकले अन्तराष्ट्रिय निर्वाचनमा पर्यवेक्ष गर्दै आएको बताउँनु भयो। नियोकका केन्द्रिय अध्यक्ष डाक्टर कपिल थापाको अध्यक्षता रहेको कार्यक्रममा केन्द्रिय महासचिव देवीका तिमिल्सेना,प्रदेश १ का संयोजक डाक्टर कमल तिलेगा लिम्बू, भक्तपुर जिल्ला संयोजक अतुल न्यौपाने,कास्की संयोजक कुञ्जनी परियार लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button