समाचार

राष्ट्रपति भण्डारी बाट बाइडेन र ह्यारिसलाई बधाई-Goodnews24

Gobal IME Bank

काठमाडौँ, २३ कात्तिक- राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकामा कमला ह्यारिसलाई बधाई ज्ञापन गर्नुभएको छ ।
आज बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उहाँहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ट्वीट गरी निर्वाचनमा प्रभावशाली र ऐतिहासिक विजय प्राप्त गर्नुभएकामा बाइडेन र ह्यारिसलाई बधाई ज्ञापन गर्नुभएको छ । नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ गर्न नयाँ अमेरिकी नेतृत्वसँग निकटमा रही काम गर्ने चाहना पनि प्रधानमन्त्रीले ओलीले व्यक्त गर्नुभएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button