समाचार

प्रधानमन्त्रीद्वारा महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन-Goodnews24

Gobal IME Bank

काठमाडौँ, ८ पुस- रामशाहपथ स्थित महान्यायाधिवक्ता कार्यालयको भवन आज उद्घाटन भएको छ । करिब साढे २ वर्षको अवधिमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको हो । विसं २०७५ असोज २४ गते शिलान्यास भई रु ७३ करोड ६९ लाख ३५ हजारमा ठेक्का सम्झौता भई निर्माण सम्पन्न सो भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय आयोजना अन्तर्गत बनाइएको हो ।
उद्घाटन लगत्तै पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले महान्यायाधिवक्ता अग्नि खरेललाई साँचो हस्तान्तरण गर्नु भएको थियो। भवन हस्तान्तरण भएपछि महान्यायाधिवक्ता कार्यालयले सरकारी वकिलहरुको तेस्रो राष्ट्रिय सम्मेलन समेत यही भवनमा आयोजना गरिएको छ ।

नेपाल पुनर्निर्माण प्राधिकरण अन्तर्गत संघीय भवन निर्माण कार्यान्वयन इकाइले उक्त भवन बनाएको हो । उक्त भवनका लागि समानान्तर जेभीले ठेक्का पाएको थियो । २०७५ जेठ महिनामा ठेक्का सम्झौता भई उक्त भवनको निर्माण थालिएको थियो । सो भवनका लागि १ अर्ब २७ करोडको लागत अनुमान गरिएको थियो । २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइए पनि विविध कारणले करिब साढे २ वर्षमा यो भवनको निर्माण सम्पन्न भएको हो ।

सिंहदरबार परिसरमा ९ हजार १ सय ४६ वर्गमिटरमा फैलिएको उक्त भवनमा ४२ वटा कोठा, पार्किङ, आफ्नै खानेपानी प्रणाली पार्किङ सहितको सुविधा सम्पन्न भवन रहेको पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनु भयो । यो भवन निर्माणपछि साँघुरो र सानो भवनबाट काम गर्दै आएको महान्यायाधिवक्ता कार्यालयको काम सहज हुने विश्वास उहाँले व्यक्त गर्नु भएको छ।

२०२७ सालमा महान्यायाधिवक्ताको कार्यालय निर्माण भएको थियो । भुकम्पपछि भवन बस्न नमिल्ने गरी चर्किएको थियो । भूकम्पपछि २ वर्षसम्म सोही भवनबाट काम चलाएको महान्यायाधिवक्ताको कार्यालय अहिले सर्वोच्च अदालत पछाडि प्रिफ्याबको भवनमा अस्थायी रुपमा सरेको थियो । अब सो कार्यालय आफ्नै सुवि धासम्पन्न भवनमा सर्नेछ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button