समाचार

प्रधानमन्त्री ओलीद्वारा बधाई-Goodnews24

Gobal IME Bank

काठमाडौँ, २१  कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले न्युजिल्याण्डका प्रधानमन्त्रीमा ज्याकिण्डा आर्डेन पुनः निर्वाचित हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्री आर्डेनलाई बिहिबार बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उहाँको कार्यकालको सफलताको कामना गर्नुभएको छ । सन्देशमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री आर्डेनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले न्युजिल्याण्डका विदेशमन्त्रीमा नानया महुता नियुक्त हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । मन्त्री ज्ञवालीले आजै आफ्ना समकक्षी महुतालाई पठाउनुभएको बधाई सन्देशमा नेपाल—न्युजिल्याण्ड सम्बन्धलाई अझ उन्नत तुल्याउन उहाँसँग सन्निकट रहेर काम गर्न आफू इच्छुक रहेको बताउनुभएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button