मुख्य समाचारसमाचार

प्रधानमन्त्री दाहालद्वारा कीर्तिपुर पुगेर पुष्पलालप्रति श्रद्धाञ्जली अर्पण

Gobal IME Bank

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुष्पलाल स्मृति पार्कमा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै प्रधानमन्त्री दाहाल लैनचौरस्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । त्यसअलगत्तै प्रधानमन्त्री दाहाल कीर्तिपुर पुग्नुभएको हो ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा पार्क निर्माण गरिएको छ । पार्कभित्र उहाँको सालिकमा प्रधानमन्त्रीले माल्यार्पण गर्नुभयो ।

यस्तै, प्रधानमन्त्री दाहालले नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गर्नुभएको छ । माओवादीले जनयुद्ध तथा जनआन्दोलनका क्रममा शहादत प्राप्त गरेका एवं बेपत्ता भएका योद्धाको स्मृतिमा स्तम्भ निर्माण गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button