गुड न्यूज 24मुख्य समाचारसमाचार

सात महिनामै जन्मिएका पृथ्वी नारायण शाह कसरी बने राष्ट्र निर्माता ? ‘भाग्यले बनेका राजा’

Gobal IME Bank

काठमाडौं । नेपालमा आज राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाएको छ । आजको दिन सरकारले सार्वजनिक विदा नै पनि दिएको छ । आज श्री ५ पृथ्वी नारायण शाहको जन्मदिन मनाइन्छ । हरेक वर्ष नेपाली सेनाले पृथ्वी जयन्तीको दिन एकिकरण पदयात्रा गर्ने गर्छन् ।

नेपाल एकिकरण गर्नु भन्दा अगाडी पृथ्वी नारायण शाह नेपाल भित्रको पहाडी क्षेत्रको सानो राज्य गोरखाको राजा हुनुहुन्थ्यो ।
उहाँको जन्म वि सं १७८९ पौष २७ गते भएको थियो । उहाँ पिता नरभुपाल शाह र कौशल्यावती देवीको पहिलो सन्तान हुनुहुन्थ्यो । पाँच सन्तान मध्ये पृथ्वी नारायण शाह जेठो सन्तान हुनुहुन्थ्यो । पृथ्वी नारायण शाह र उहाँको दाजुभाईहरु पाँच पाण्डवको नामले प्रचलित हुनुहुन्थ्यो ।

पृथ्वी नारायण शाह आफ्नो जिवनकालको प्रारम्भ देखि नै निकै तेजिलो र प्रभावशाली हुनुहुन्थ्यो । उहाँ किशोरावस्थामा पनि साहसी , लगनसील, परिश्रमी हुनुहुन्थ्यो जसको श्रेय उहाँको जेठी आमा महारानी चन्द्र प्रभावतीलाई जान्छ ।
महारानी चन्द्रवती प्रभावतीले पृथ्वी नारायण शाहलाई सानै उमेर देखी ऐसोआराम, दुव्र्यसन् र भोकविलासबाट टाढा राख्नु भएको थियो ।

पृथ्वी नारायण शाह अनेकौ पहाडी राज्यको युवराजहरु मध्ये एक होनहार युवराज हुनुहुन्थ्यो । वि.सं १७९५ मा पृथ्वी नारायण शाहको विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसँग भएको थियो । वि.सं १७९७ मा राजकन्या नरेन्द्र लक्ष्मीसँग उहाँको दोश्रो विवाह भएको थियो । राजा नरभुपालको देहान्त पछि वि.सं १७९९ चैत्र २५ गते युवराज पृथ्वी नारायण शाह गोरखा राज्यको राज सिंहासनमा बस्नु भएको थियो । श्री ५ पृथ्वी नारायण शाह २० वर्षको उमेरमा गोरखा राज्यको राजा बन्नु भएको थियो ।

आफ्नो राज्यलाई कान्तिपुरसम्म विस्तार गर्ने लक्ष्य पृथ्वी नारायण शाहको किशोरावस्था देखि नै थियो । उहाँले कसरी नेपाललाई एकिकृत गर्नुभयो यसबारे कथा हरेक नेपालीलाई थाहा छ तर केही अचम्म लाग्दा र रोचक तथ्यहरु भने निकै कम जनस्तरहरु लाई थाहा छ । महाराज पृथ्वी नारायण शाहको बारेमा रोचक तथ्यहरु पढ्नुहोस्

१. भाग्यले बनेको राजा
महाराज पृथ्वी नारायण शाहलाई भाग्यले बनेको राजा भनिन्छ किनभने राजा नर भुपाल शाह र रानी बुद्धघिमतिका पुत्र ब्रिन्द केशर शाह रानीको गर्भमा पहिले आउनुभएको धेरै मानिसहरुमा विश्वास रहेको छ । तर महाराज पृथ्वीनारायण शाहको जन्म सातौ महिनामा नै भएको थियो ।
यसकारणले गर्दा राजसिंहासनको उत्तरअधिकारी को बन्छ ? भन्ने कुरामा त्यो समय निकै विवाद भएको थियो तर यसको निर्णय राजा नर भुपालको शाहको देहान्त पछि भएको थियो । राजकुमार ब्रिन्द केशर शाहको देहान्त ७ वर्षको उमेरमा भएको थियो जसकारण पृथ्वी नारायण शाह गोरखाको राजा बन्नु भएको थियो । यी कारणहरुले गर्दा पनि उहाँलाई भाग्यले बनाएको राजा भनिने गरिन्छ ।

२. सौतेनी आमाबाट शिक्षा
महाराज पृथ्वी नारायण शाहलाई उहाँको सौतेनी आमा रानी चन्द्रप्रभावतीले सिंहासनको लागि तयार गर्नु भएको थियो । चन्द्रप्रभावती रानीले महाराजलाई घोडा सवारी, धनुविद्या, तरवारकौशल , राजनीति र कूटनीति सिकाउनु भएको थियो । रानीले उहाँलाई १५ वर्षको उमेर सम्म महाभारत र रामायण बारे पनि ज्ञान दिनु भएको थियो ।

३. दिव्योपदेश
महाराज पृथ्वी नारायण शाहले आफ्नो जिवनकालको अन्तिम समयमा आफ्नो सल्लाहकार र सहायकहरुलाई राखेर बैठक राख्नुभएको थियो र उहाँले नेपाल एकिकरण अभियानको कारण, नेपाल र नेपालीहरुको राम्रो भविष्यको लागि उचित योजना र नितीबारे सबैलाई जानकारी दिन आदेश दिनु भएको थियो । यो बैठक पुरा एक दिन सम्म बसिएको थियो ।
उहाँको सबै कथनहरुलाई परस्तकमा परिणत गरि ‘ दिव्योपदेश ’ नाम दिइएको छ ।

”मेरा साना दुखले आर्ज्याको मुलुक होइन, यो चार जात छत्तीस वर्ण सबैको साझा फूलबारी हो सबैलाइ चेतना भया”
”प्रजा मोटो भए दरबार पनि बलियो रहन्छ”

यी भनाईहरु दिव्योपदेशमा उल्लेख गरिएको छ । महाराजले आफ्नो अन्तिम श्वास वि.सं १८३१ मग १ गते नुवाकोटको त्रिशुली खोलाको देवीघाटमा लिनु भएको थियो ।

पृथ्वी नारायण शाहले नेपाललाई ‘ असल हिन्दुस्तान ’ पनि राख्नु भएको थियो त्यतिबेला उत्तर भारतमा इस्लामिक रुलर मुगलहरुको राज थियो । उहाँले नेपालीहरुलाई आफ्नो पुर्खाको धर्मलाई कहिल्यै नछोड्नको लागि सल्लाह दिनु भएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button