मुख्य समाचारसमाचार

काठमाडौँ महानगरको निर्णय: सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेबाटै क्षतिपूर्ति भराईने

Gobal IME Bank
file photo

काठमाडौँ । सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरेमा जसले गर्यो उसैबाट क्षतिपूर्ति भराउने निर्णय काठमाडौँ महानगरपालिकाले गरेको छ ।

कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा हानि नोक्सानी गरेमा, क्षति पुर्याएमा वा नष्ट गरेमा सम्बद्ध पक्षलाई कानूनबमोजिम कारवाही एवं हानि नोक्सानीबापतको क्षतिपूर्ति कानूनबमोजिम भराइने भन्दै महानगरले सूचना जारी गरेको हो ।

सूचनामा आफ्नो भौगोलिक क्षेत्रभित्रको सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा संरक्षण गर्ने कानूनी दायित्वसमेत स्थानीय तहलाई हुने कानूनी व्यवस्थाका आधारमा महानगर क्षेत्रभित्र रहेका त्यस्ता सम्पत्तिको नोक्सान गर्ने, क्षति गर्ने, नष्ट गर्ने वा अतिक्रमण गर्ने कार्य निषेध गरिएको उल्लेख छ ।

महानगरले जारी गरेको सुचनाका अनुसार अब कुनै पनि संघ, संगठन, निकाय, समूह, व्यक्ति वा अन्य जो कसैले जुनसुकै तरिका वा प्रक्रियाबाट सो कानून उल्लंघन गर्न निषेध गरिएकाले जसले क्षति पुर्याउँछ उसैबाट क्षतिपूर्ति भराइने भएको छ ।

जारी सुचना हेर्नुहोस्: 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button