समाचार

बालेनको भिजनमा नविल बैकको साथ -GoodNews24

Gobal IME Bank

जेठ २५, काठमाडौं, नविल बैंक र काठमाडौं महानगरपालिकाबीच नविल बैकका शाखाहरुका शौचालयहरुलाई सार्वजनिक बनाउने सम्झौता भएकोछ । महानगरपालिकाभित्र रहेका बैंकका १८ शाखाका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने सम्झौता भएको हो । बुधबार काठमाडौं महानगरपालिका र नबिल बैंकबीच यस्तो सम्झौता भएको हो । सम्झौतामा महानगरको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल र नविल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल शाहले सम्झौतामा हस्ताक्षर गरेका छन । यो राम्रो सुरुवात भएको बताउदै नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले नबिलसँगै अघि बढौं भन्ने नाराका साथ हामी देश र जनताका लागि सँधै सँगै अघि बढिरहन्छौं । नबिल बैंकले दीगो बैंकिङको अवधारणा अनुरुप काठमाडौंको फोहोरमैला व्यवस्थापनमा पनि सहकार्य गर्ने कुरा उनले ब्यक्त गरेका छन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button