अन्यशिक्षा स्वास्थ

क्वारेन्टाइन र आइसोलेसन, भिन्नता- के गर्ने, के नगर्ने ? -GoodNews24

Gobal IME Bank

कोरोना भाइरस ब्यापक रुपमा फैलिरहेको अवस्थामा हामीले सतर्कता अपनाउनु एकदम जरुरी छ । यस भाइरस बारे कुनै अवधाराणा बनाउनु अघि या कुनै अनलाइनका त्रसित समाचारलाइ बिस्वास गर्नु अघि निश्चित गर्नुहोस तपाई भरपर्दो स्रोत बाट जानकारी लिइ राख्नु भएको छ वा छैन। क्वारेन्टाइन र आइसोलेसन धेरैलाई एउटै जस्तो लाग्न सक्छ तर यी फरक कुरा हुन् । क्वारेन्टाइन र आइसोलेसन के हो यो बुझ्नु पनि अत्यन्त जरुरी छ ।

कुनै व्यक्तिमा भाइरस प्रवेश गरिसके पछि लक्षण देखिनको लागि केहि समय लाग्छ र जवसम्म लक्षण देखिदैन तबसम्म भाइरसद्वारा संक्रमित भएको छ वा छैन पत्ता लगाउन सकिदैन तर यदि उनीहरुमा भाइरस छ भने उनीहरु मार्फत अरुमा सर्ने सम्भावना हुन्छ । भाइरस शरीरमा प्रवेश गर्न सक्ने सम्भावना भएको तर लक्षण नदेखिएको समयमा अरु व्यक्ति संगको सम्पर्कबाट ब्रेक गरिएको अवस्थालाई क्वारेन्टाइन भनिन्छ । यदि लक्षण देखिइ सकेको अवस्था छ तर कोरोना भाइरस नै हो भन्ने पुस्टि नभई सक्दाको अवस्थामा अन्य व्यक्तिसंगको सम्पर्क टुटाइएको अवस्थालाई आइसोलेसन भनिन्छ ।

जबसम्म हामी राम्रो क्वारेन्टाइन गर्न सक्दैनौ ,आइसोलेसन गर्न सक्दैनौ तवसम्म हामी भाइरसको संक्रमण बढ्दै जाने क्रमलाई रोक्न सक्दैनौ । यदि नेपालमा भाइरस प्रवेश गर्यो भने सबै जनतालाई क्वारेन्टाइन र आइसोलेसनमा राख्न सम्भव नहुन सक्छ । सामान्य अवस्थामा पनि अस्पतालहरुमा भिड हुने अस्वस्थामा सबैलाइ एकै साथ सबैलाई क्वारेन्टाइन या आइसोलेसनमा राख्न सम्भव नै हुन सक्दैन । त्यसैले यो अवस्था न आओस भन्नको लागि हामीले आफैले आफैलाइ सेल्फ क्वारेन्टाइनमा राख्नु पर्ने हुन्छ ।

सबै कुरा सरकारको हातमा मात्र नभएर, धेरै कुरा हाम्रो जिम्मेवारी पनि हो किनकि सरकारले तपाइलाई अरु कसैलाई छुनको लागि प्रतिवन्ध लगाउन सक्दैन ।

आफैले आफैलाई क्वारेन्टाइनमा किन र कसरी राख्ने त ?

उदाहरणको लागि मानौ तपाइँ एउटा साथीसंग संगै काम गर्नुहुन्थ्यो ,धेरै समय तपाइको उहाँ संग नै बित्थ्यो र साथीलाई कोरोन भाइरसको संक्रमण भएको पुस्टि भैसक्यो भने तपाइँ उसको सम्पर्कमा भएको कारण लक्षण नभए पनि तपाइमा कोरोना भाइरस प्रवेश गरेको हुन सक्छ । यो अवस्थामा तपाइले आफैले आफैलाई सेल्फ क्वारेन्टाइनमा राख्नु पर्ने हुन्छ । यसो गर्दा यदि तपाइमा भाइरस संक्रमण भईसकेको भए पनि तपाईबाट अर्को र अर्कोबाट अर्कोमा सर्ने सम्भावनालाई रोक्न सकिन्छ ।

सेल्फ क्वारेन्टाइनमा के गर्ने ?
– एउटा कोठामा एउटा मान्छेले मात्र हेरचाह गर्ने अर्थात जो क्वारेन्टाइनमा बसेको छ उसको सम्पर्कमा एकजना व्यक्ति मात्र आउने र उसलाई आवश्यक हरेक कुराको परिपूर्ति गर्ने ।

– उसको हेरचाह गर्ने व्यक्तिले उसको सम्पर्कमा हुँदा दुवैले अनिवार्य मास्क लगाउने ।

– उसको हेरचाह गरिरहेको व्यक्तिले केहि सामान दिएपछि या छोए पछि हरेक पटक साबुन पानीले राम्रो संग हात मिचेर धुने ।

– परिवारका अन्य सदस्य संग बिल्कुलै सम्पर्क नराख्ने ।

– घाम ताप्ने । घामको किरणले भाइरसलाइ मार्ने हुँदा क्वारेन्टाइनमा बसेको व्यक्ति घाममा बस्नु निकै राम्रो हुन्छ ।

– बेला–बेला शरिरको तापक्रम लिने

– क्वारेन्टाइनमा बसेको व्यक्तिले प्रयोग गरेका कुनै पनि सामान अरुले प्रयोग नगर्ने या अर्को कोठामा नलाने, शाैचालय पनि एउटै प्रयोग नगर्ने ।

– तपाइले पुरा २ हप्ता आफुलाई क्वारेन्टाइनमा राख्नु पर्छ । यस समय अवधि अघि नै म ठिक छु भनेर वाहिर निस्कनु हुँदैन । कुनै लक्षण देखिएन भने संक्रमण नभएको बुझ्नुपर्छ

– क्वारेन्टाइनमा बसेको व्यक्ति स्वस्थ हुने भएकाले कुनै पनि काम गर्न सकिन्छ तर कोठाबाट बाहिर निस्कनु भएन।

– क्वारेन्टाइनमा बस्ने भन्दैमा भाइरसको संक्रमण फैलिएको बुझ्नु हुँदैन, उच्च मनोबल बनाउनुपर्छ, सरसफाइमा विषेश ध्यान दिनुपर्छ

– Contact Tracing
अर्थात जो व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको पुस्टि भएको छ ,उससंग सम्पर्कमा आएका सबै व्यक्तिको खोजि गरि क्वारेन्टाइनमा राख्ने ।

सबै कुरा सरकारको हातमा मात्र नभएर, धेरै कुरा हाम्रो जिम्मेवारी पनि हो किनकि सरकारले तपाइलाई अरु कसैलाई छुनको लागि प्रतिवन्ध लगाउन सक्दैन । यो तपाइले आफैले जानेर बुझेर गर्नु पर्ने कुरा हो । यसले कोरोना भाइरस नियन्त्रण गर्नमा अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।

 यो भाइरस फैलियो भने या फैलिन नदिन के गर्ने ?
– Social Distancing :
Social Distancing भन्नाले मानिसहरुको भिड हुने कार्यक्रमहरु जस्तै विवाह,पार्टि, खेलकुद कार्यक्रम या अन्य कुनै मनोरन्जनात्मक कार्यक्रम जस्ता कुनै पनि कार्यक्रम नगर्नुहोस या त अन्य कुनै कारणले जहाँ मानिसहरुको भिड हुन्छ त्यहाँ जान बन्द गर्नुहोस । एक छिनको मनोरञ्जनले वा रमाइलोले तपाइ लगायत तपाइसंग सम्पर्कमा अाउने सबैलाइ नै असर गर्न सक्छ ।

– Early Information :
यदि कोहि व्यक्ति कोरोना भाइरसबाट प्रभावित ठाउँबाट आएको छ या कसैलाई कोरोना भाइरसको जस्तै लक्षण देखा परेको छ भने सो व्यक्ति या अन्य थाहा भएका व्यक्तिले अरुलाई यस बारे जानकारी गराउनु पर्छ । या सम्बन्धित डाक्टरसंग सम्पर्क गरेर,आफुलाई अन्य व्यक्तिहरूबाट टाढा राख्नुपर्छ ।

– सेल्फ क्वारेन्टाइन :
यदि तपाइँमा भाइरस संक्रमण हुन सक्ने कुनै पनि कारण छ भने तुरुन्तै सेल्फ क्वारेन्टाइनमा बस्नुहोस ।संक्रमित क्षेत्रबाट आएको भन्दैमा कोरोना भाइरस लागिहाल्छ भन्ने छैन भनेर बेवास्ता बिल्कुल नगर्नुहोस किनकि तपाई एउटाबाट यो भाइरस हजारौमा र हजारबाट करोडौमा फैलन सक्छ । त्यसैले सेल्फ क्वारेन्टाइन महत्वपूर्ण छ ।

 हाम्रो देशमा यो भाइरस फैलन नै सक्दैन भनेर ढुक्क बन्दै नबनौ,किनकि धेरै शक्तिशाली राष्ट्रहरुमा यो रोग फैलिसकेको छ र ति राष्ट्रहरुले कहिल्यै यो रोग यसरी  फैलेला भनेर सोचेका थिएनन । यदि हामी सर्वसाधारण व्यक्तिहरु यी कुरामा सचेत भएनौ भने यो भाइरस नियन्त्रण सरकारले मात्र गर्न सक्ने सम्भावना नै छैन ।त्यसैले सचेत बनौ सतर्कता अपनाऔं र जे नगर्नु भनिएको छ त्यो नगरौ ।

यदि क्वारेन्टाइन पछि लक्षण देखिएमा पूव जानकारी गराएर मात्र अस्पता जाने । निश्चित व्यक्ति निश्चित एम्बुलेन्स, निश्चित बाटो सबैको पूर्व निर्धारण गरेर तथा जानकारी गराएर मात्र विरामीलाइ अस्पताल लिएर जाने । यसले जोखिम न्युनिकरणमा सहयता पुग्नेछ । यदि लक्षण देखिएमा ११८० मा फोन गर्न सक्नुहुनेछ ।

आत्मबल बढाउने तरिका

१. परिवारका सदस्यसँग निरन्तर कुराकानी गर्ने । समाचारका लागि आधिकारिक सञ्चारमाध्यम पछ्याउने । सामाजिक सञ्जालमा आउने कतिपय भ्रामक समाचार नपढ्ने ।

२. परिवारका कम उमेरका सदस्यलाई सम्भावित संक्रमण विरुद्ध हौसला प्रदान गर्ने । दैनिक क्रियाकलाप सामान्य रूपमा गर्न प्रोत्साहित गर्ने ।

३. साथीभाइ, नातागोतासँग निरन्तर फोन तथा मेसेजमा कुरा गरिरहने ।

४. योग, ध्यान, कसरत दैनिक गर्ने । घरको प्यासेज, छत वा आँगनमा केही समय हिंड्ने र स्वच्छ हावा लिने ।

५. घरमै बसेर अनलाइनबाट गर्न मिल्ने कार्यालयको काम गर्ने ।

६. क्वारेन्टाइनको समयलाई सकेसम्म सदुपयोग गर्ने । जस्तै, पुस्तक पढ्ने, चित्र कोर्ने, वाद्यवादन आदि सिक्ने ।


GudNews24 निरन्तर सकारात्मक सन्देश…
यो पनि पढ्नुहोस् …

[irp posts=”5554″] [irp posts=”3194″] [irp posts=”5477″]

[irp posts=”3399″]

[irp posts=”5398″] [irp posts=”5305″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button