मुख्य समाचारसमाचार

सत्ता गठबन्धनको बैठक सकियो, रविको दाबी ‘गृह मन्त्रालय’

Gobal IME Bank

काठमाडौं । नवनिर्मित सत्ता गठबन्धनको बैठक सकिएको छ । बैठक संसद भवन नयाँ बानेश्वरमा भएको हो । बैठक सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारकर्मीहरुसंग बोल्दै आफ्नो दाबी गृहमन्त्रालयमा रहेको बताउनुभएको हो ।

त्यसो त आज बसेको सत्ता गठबन्धनको पहिलो बैठकको निर्णयहरु नवनिर्वाचित प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आफ्नो सपथ ग्रहणपछि मात्रै बताउनुहुनेछ । प्रचण्डले राष्ट्रपति निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अपरान्ह ४ बजे शपथग्रहण गर्नुहुनेछ ।

नवनियुक्त प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनका साथमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतका नेता सहभागी हुनुहुन्थ्यो ।

सरकारमा सहभागी हुने मन्त्रीका बारेमा दलहरुको आन्तरिक तयारी लगत्तै सामूहिक छलफल सुरु भएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button