समाचार

रवि लामिछानेको पार्टी प्रदेश तहमा सहभागी नहुने -Good News 24

Gobal IME Bank

काठमाडौं १ भाद्र । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश तहको निर्वाचनमा सहभागी नहुने भएको छ । केन्दिय समितीको निर्णय अनुसार आउदो निर्वाचनमा प्रदेश तहमा सहभागी नहुने भन्दै भिडियो सन्देश मार्फत सो जानकारी गराइको हो । आसन्न निर्वाचनमा पार्टीको उम्मेदवारी मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने जानकारी गराउदै रवि लामिछानेले निर्वाचनमा पार्टी प्रदेश तहमा सहभागी नहुने भएको बताएका छन । आफ्नो भिडियो सन्देशसंगै उनले लेखेका छन, ‘निर्वाचनमा हाम्रो उम्मेदवारी मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ। यहि संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही होइन।’
प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी निर्वाचन आयोगलाई पनि गराएका सकेको उहाले बताउनु भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button