समाचार

बलात्कारसम्बन्धी कानुनमा हदम्याद खारेज गर्न माग-GoodNews24

Gobal IME Bank

काठमाडौँ, ९ जेठ । महिला अधिकारकर्मीले बलात्कारसम्बन्धी कानुनमा तत्काल संशोधन गरी हदम्याद खारेज गर्न माग गरेका छन् । अधिकारकर्मीहरुले नाबालिका, किरोशी तथा महिलाको भयरहित वातावरणमा स्वतन्त्र एवं सुरक्षित भई बाँच्न पाउने अधिकार सुनिश्चित गर्न बलात्कारसम्बन्धी फितलो कानुनलाई तत्काल संशोधन गर्न, पीडितलाई तत्काल न्याय दिलाउनसमेत सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभएका छन ।
समृद्धि फाउण्डेसन नेपालको आयोजनामा आज विभिन्न सङ्घसंस्थाका महिला अधिकारकर्मी तथा सञ्चारकर्मीले राष्ट्रिय महिला आयोग पुगेर सो विषयमा ध्यानाकर्षण गराउनुभएको हो । फाउण्डेसनका अध्यक्ष सङ्गीता श्रेष्ठले आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडालाई ध्यानाकर्षण पत्र बुझाउँदै हालै मात्र एक युवतीले सार्वजनिक गरेको आठ वर्षअघि आफू बलात्कार भएको घट्नाले सिङ्गो समाजलाई स्तब्ध बनाएको उल्लेख गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, “न्याय पाइने आशामा हिम्मत जुटाएर आफनो भोगाइ सार्वजनिक गरेकी पीडितले थप पीडा तब भोग्नु पर्‍यो जब उनलाई यो थाहा भयो कि हाम्रो देशमा बलात्कारको घटनामा उजुरी दिने हदम्याद केवल एक वर्ष मात्र रहेको छ ।”
त्यसैले अब यस्ता नाबालिका, किशोरी तथा महिलाहरुहरुको अधिकार प्राप्त गर्नका निम्ती देशको कानुन कडा हुनु आवश्यक छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button