मुख्य समाचारसमाचार

पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएका छौँः पशुपति समशेर जबरा

Gobal IME Bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले राप्रपा पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएको बताउनुभएको छ ।

सोमवार पार्टीको केन्द्रिय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य जबराले राप्रपा पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएको बताउनुभएको हो । उहाँले देशलाई अहिलेकै ढंगमा चलाएर अगाडी बढाउन नसकिने बताउनु भयो । ठुला पार्टीहरुसँग काम गर्ने शक्ति पनि नभएको उहाँले बताउनु भयो । उहाँले राप्रपाले मुलुकलाई सञ्चालन गर्ने क्षमता संसदबाट देखाउने बताउनु भयो ।

जबराले भन्नुभयो – ‘नेपाल अहिलेको ढंगबाट चलेर अगाडी बढाउन सक्दैन । नेपाललाई जुन मौका अहिले हासिल छ त्यो मौका अनुसार ठूला पार्टीबाट काम गर्ने शक्ति उनीहरुसित छैन । त्यो शक्ति नयाँ शक्ति परम्परा र पुरानो विश्वाससहित एउटा नयाँ नयाँ तरिकाबाट मुलुकलाई सञ्चालन गर्ने त्यो क्षमता संसदबाट देखाउन अब राप्रपा अगाडी बढ्छ । राप्रपा पुरानो विचार मात्र होइन । राप्रपा नयाँ जोश, नयाँ उत्साहसाथ संसदमा गएको छ । अहिले मुलुकवादको तर्फबाट, नेपाल राष्ट्रको तर्फबाट संसदमा पुराना पार्टीहरुलाई खबरदार गर्न राप्रपा आएको छ । त्यो खबरदार मामुली ढंगको हुँदैन ।’

जबराले अन्य राजनीतिक पार्टीले भन्दा राप्रपाले धेरै काम गर्न सक्ने बताउनु भयो । उहाँले आफूहरुले भोलिको नेपाल कस्तो हुनसक्छ भन्नेकुरा संसदमा प्रदर्शन गरेर देखाउने बताउनु भयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button