समाचार

राप्रपाको प्रदर्शन, संघीयता खारेजी-हिन्दू राष्ट्रको माग -Good News 24

Gobal IME Bank

काठमाडौं, १८ साउन । हिन्दू राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ । यि नै मागहरुको सम्बोधनका लागि असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको थियो । सोही माग सम्बोधन नभएको भन्दै राप्रपाले प्रदर्शन गरेको हो । बुधबार दिउँसो माइतीघरदेखि नयाँ बानेश्वरसम्म राप्रपा कार्यकर्ताले प्रदर्शन गर्दै संघीयता खारेजी, हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापनाका नाराहरु लगाएका थिए । आफ्नो प्रदर्शनलाई झन स-शक्त बनाएर लिएर जाने र संघीयता खारेज गरेर नै छाड्ने प्रदर्शनकारीहरुले बताएका छन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button