मुख्य समाचारसमाचार

राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषणापत्र सार्वजनिक, समेटिए सापेक्ष हिन्दु राष्ट्रसहितको अन्य एजेन्डा

Gobal IME Bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमवार औपचारिक कार्यक्रमका बीचमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, पूर्वअध्यक्षहरु पशुपति समशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र पार्टीका पदाधिकारीहरुले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमार्फत राप्रपाले राजसंस्थालाई अभिभावकिय संस्थाको रुपमा राख्नुपर्ने बताएको छ । त्यस्तै जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद हुनुपर्ने उल्लेख गरेको छ । त्यसैगरी प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानिय तह भएको दुई तहको शासकीय संरचना हुनुपर्ने राप्रपाको एजेण्डा छ ।

पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र हुनुपर्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बताउनु भयो । उहाँले एक व्यक्ति दुई कार्यकाल भन्दा बढी कार्यकारी पदमा बस्न नपाउने व्यवस्था हुनुपर्ने कुरा पनि घोषणापत्रमा समावेश गरिएको उल्लेख गर्नुभयो ।

राप्रपाले उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ साल पछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरुको सम्पती छानबिन गरी अवैध सम्पती जफत गर्ने कानूनी व्यवस्था मिलाइने उल्लेख गरेको छ ।

अध्यक्ष लिङदेनले विद्यमान सम्पती शुद्धीकरण ऐनमा सुधार ल्याइने बताउनु भयो । उहाँका अनुसार राजनीतिक दल रहित संवैधानिक परिषद् निर्माणको व्यवस्था गरिनेछ भने संवैधानिक अंगका नियुक्तिलाई राजनीतिक भागबन्डाबाट मुक्त गरी निष्पक्ष, वस्तुगत र पारदर्शी बनाइनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त तुल्याइने घोषणापत्रमा उल्लेख छ भने न्यायपालिकाको विश्वसनियता पुनःस्थापित गर्नका लागि न्यायपालिकालाई पुनःसंरचना गरने अध्यक्ष लिङदेनको भनाई छ ।

राप्रपाले आफ्नो घोषणापत्रमा नेपालको शान्तिक्षेत्र प्रश्तावलाई पुनर्जीवित गर्ने भनेको छ । असंलग्न र पञ्चशीलमा आधारित सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्दै छिमेकी मुलुक लगायतका सबै मित्रराष्ट्रहरुसँग समनिकटताको सम्बन्ध कायम गरिने उल्लेख गरिएको छ । नेपालको भूभाग कसैको बिरुद्ध प्रयोग हुन नदिने पनि उल्लेख गरिएको छ । त्यस्तै सबै प्रकारका असमान सन्धि, सम्झौताहरुको संशोधन तथा खारेजीका लागि आवश्यक कुटनीतिक प्रयास गरिने बताइएको छ ।

राप्रपा अध्यक्ष लिङदेनले राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने बताउनु भयो । उहाँले आफ्नो पार्टीको प्राथमिकता पार्टीको मुद्दाहरु स्थापित गर्न केन्द्रित हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘विगतको सत्ता केन्द्रित राजनीतिको तितो अनुभवबाट शिक्षा लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्ता केन्द्रित राजनीति गर्ने छैन । आगामी दिनमा राप्रपाको प्राथमिकता राप्रपाको मुद्दाहरु स्थापना गर्न केन्द्रित हुनेछ । आगामी संसदमा जनताको चाहना र अभिमतलाई आफ्नो मुल आधार मानेर आफ्नो भुमिका निर्धारण गर्नेछ ।’

घोषणापत्रमा राप्रपाले नेपाल बन्द कहिल्यै नगर्ने प्रतिवद्धता व्यक्त गरेको छ । स्वास्थ्य, हवाई, खानेपानी, विद्युत, ग्याँस तथा पेट्रोलियम पद्धार्थ ढुवानी तथा वितरण लगायतका औद्योगिक क्षेत्रमा हड्ताल गर्न पूर्ण रुपमा प्रतिवन्ध लगाइने बताएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button