मुख्य समाचारसमाचार

“विभिन्न एजेण्डामा राष्ट्रिय सहमतिको खाँचो” : जनार्दन शर्मा

Gobal IME Bank

रुकुम । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको खाँचो रहेको बताउनुभएको छ ।

आज जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सङ्ख्याको कुरा नभई विभिन्न एजेण्डामा राष्ट्रिय सहमतिको खाँचो रहेको बताउनुभयो ।

सङ्ख्या के हो भन्ने कुरा प्रधानमन्त्रीले पाएको विश्वासको मतमा देखिएको भन्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाएको विश्वासको मत नै राष्ट्रिय सहमतिको बलियो आधार भएको बताउनुभयो ।

“उहाँले इतिहासकै सबैभन्दा बढी विश्वासको मत पाउनुभयो”, उहाँले भन्नुभयो, “अब संसद्मा सङ्ख्या गनेर काम छैन । राष्ट्रिय सहमतिको खाँचो छ भन्ने कुरा प्रधानमन्त्रीले पाएको विश्वासको मतले प्रष्ट पारेको छ ।”

देशको समस्या, आर्थिक अवस्था र परराष्ट्र नीति सबै कुरामा राष्ट्रिय सहमति आवश्यक रहेको उहाँको भनाइ थियो । “हिजो र आज गरेका गठबन्धनभन्दा माथि उठेर राष्ट्रिय सहमति खोज्नुपर्ने बेला आएको छ, अब गठबन्धनका कुरा गर्ने होइन”, उहाँले भन्नुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button