समाचार

रसुवामा कोभिड संक्रमण घट्दैे-Goodnews24

Gobal IME Bank

रसुवा, २५ कात्तिक- पछिल्लो चरणमा जिल्लामा कोभिड – १९ को संक्रमण घट्दै गएको छ । हालसम्म संक्रमित कुल ११४ मध्ये ९२ जना निको भई घर फर्किसकेका छन् । रोगबाट सुरक्षित रहन समय समयमा स्वास्थ्यकर्मीले दिएको सुझाव अनुसार स्थानीय नागरिकले अपनाएको पूर्वसावधानीबाट दशैंँपछि नयाँ बिरामीको संख्यामा शून्यता आएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत किरण श्रेष्ठले जानकारी दिनुभयो।
हालसम्म एक हजार ५१४ जनाको स्वाब परीक्षण गराउने काम सम्पन्न गराइसकिएको बताइएको छ । साबुनपानीले हातधुने, मुखमा मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने कामलाई निरन्तरता दिइराख्न र स्वास्थ्यमा कुनै लक्षण आउनासाथ नजीकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसंँग तुरून्तै सम्पर्क राख्न रसुवालीसमक्ष आग्रह गरिएको अधिकृत श्रेष्ठले बताउनुभयो ।
यसैबीच प्रा डा गोविन्द केसीले रसुवाको स्वास्थ्य संस्थामा गई स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गर्नुभएको छ । रसुवा अस्पताल धुञ्चेका अनुसार तीन दिनदेखि प्रा डा केसीले विशेष गरी हाडजोर्नीमा समस्या आएका बिरामीको परीक्षण गरिरहनु भएको छ । प्रा डा केसीले सयौँ बिरामीको रोग परीक्षण गरेको तथा तथा परामर्श दिइसक्नुभएको बताइएको छ । स्थानीय नागरिकको सेवाका लागि हालसम्म छ पटक रसुवा पुग्नुभएका प्रा डा केसी यही कात्तिक २६ सम्म जिल्लामा रहनुहुने छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button