समाचार

रसुवा नाका दुइतर्फी खोल्न चीन सहमत -Good News 24

Gobal IME Bank

काठमाडौँ, ३१ असार । नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) लिउ जियानचाओले राष्ट्रपति सहित शिर्ष नेताहरुलाई भेटेका थिए । नेपालका उच्च नेताहरुलाई भेटेर चीन फर्के लगत्तै कोभिड प्रोटोकल पालना गर्दै दुई तर्फी रुपमा रसुवागढी नाका सञ्चालन गर्न सहमत भएको छन् । नेपाल र चीनका अधिकारीहहरुबीच बिहीबार भएको भर्चुअल छलफलमा यस्तो सहमति जुटेको परराष्ट्र मन्त्री डा. नारायण खड्काले जानकारी दिएका हुन्।
कोभिड-१९ स्वास्थ्य प्रोटोकल र दिशानिर्देशहरू पालना गर्दै रसुवागढी र केरुङ सीमा बन्दरगाहबाट दुईतर्फी व्यापार सुचारु गर्न दुवै पक्ष सहमत भएका छन् । यसका लागि दुवै पक्षले महामारी रोकथाम र नियन्त्रण संयन्त्र स्थापना गर्नेछन् । परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा निकालिएको छ।
नेपाल-चीन सीमा व्यवस्थापन सम्बन्धि उक्त बैठकमा रसुवागढी नाका खोल्नेबारे नेपालकातर्फबाट परराष्ट्र मन्त्रालयका उत्तरपूर्वी एशिया डिभिजन प्रमुख लोकबहादुर थापा र चीनकातर्फबाट सीमा विभागका निर्देशक हङ लिङले सहमति जनाएका हुन् । याे २०७२ सालको भूकम्प देखि अल्झिएको थियाे। त्योसँगै कोभिडकाे महामारी फैलन सक्ने समस्या देखाउँदै थोरै मात्रामा कन्टेनर नेपालमा प्रवेस गर्न अनुपती पाउँथे । अहिले दुवै पक्षको सहमति भए पनि कहिलेदेखि नाका सञ्चालनमा ल्याइने भन्ने खुलाइएको छैन । २०७७ भदौ १६ मा नेपाली श्रमिकमा कोरोना देखिएपछि रसुवागढी नाका बन्द पूर्ण रुपमा बन्द गरेकाे थियाे । चिनियाँ पक्षले बन्द गरेर २९ माघ २०७७ मा एकतर्फी रुपमा नाका खुल्ला गरेको थियो ।

 

-खेल राज कार्की

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button