समाचार

बडादशैंलाई लक्षित गरी रिचार्जरले ल्यायो छुटै छुटको अफर -Goodnews24

Gobal IME Bank

काठमाडौं । मोबाइल एप रिचार्जरले बोनान्जा, अफर भित्र अफर सुरू गरेको छ । बडादशैंलाई लक्षित गर्दै रिचार्जरले छुटै छुटको अफर सहित बोनान्जा सुरू गरेको जनाएको छ । यो अफर अन्तरगत दशैंको किनमेल गर्नेहरूलाई सस्तो मूल्यमा सामान उपलब्ध गराउन रिचार्जरले कात्तिक १ गतेदेखि अफर सुरू गरेको हो । अफर अन्तरगत रिचार्जरबाट विद्युतीय सामान अर्डर गर्दा ३० प्रतिशत सम्मको छुट पाउने छन् । त्यसैगरी, विभिन्न किसिमका मोबाइलको खरिदमा आकर्षक छुटसँगै किस्ताबन्दीको व्यवस्था गरिएको जनाएको छ । रिचार्जरबाट १२ बोत्तल वियर अर्डर गर्दा १ बोत्तल वियर निशुल्क उपलब्ध गराउने जनाएको रिचार्जरले लत्ता कपडाका साथै दैनिक उपभोग्य समान पनि भारी छुटमा उपलब्ध गराउने जनाएको छ । काठमाण्डौं भ्याल्ली कोल्डस्टोरसँगको सहकार्यमा रिचार्जरले सुपथ मूल्यमा फ्रोजन फूड पनि उपलब्ध गराउने छ । कतिपय सामाग्रीको खरिदमा ‘बाइ वान गेट वान फ्रि’ को अफर समेत सञ्चालन हुने बताइएको छ । त्यस्तै, अफरमा १८ महिना सम्मको किस्ताबन्दीमा सामाग्री किन्न सकिने छ । अफरमा अर्डर गरिएका सामग्री उपत्यकामा २४ घण्टा भित्र डेलिभरी हुने रिचार्जरले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button