गुड न्यूज 24सफल कथासमाचार

क्रिस्चियानो रोनाल्डो देखि CR7 सम्मको यात्रा

Gobal IME Bank

काठमाडौँ । क्रिस्चियानो रोनाल्डोलाई नचिन्ने को होला ? फुटबल प्रेमीहरुको लागि उनी भगवान सरह हुन भने फुटबलमा धेरै चासो नराख्ने व्यक्तिहरुले पनि उनलाई राम्रै सँग चिन्छन् । उनको नाम प्रोफेसनल फुटबलको फिल्डमा निकै प्रचलित छ । क्रिस्चियानो रोनाल्डोले फुटबल फिल्डमा प्रोफेस्नली खेल्न थाले देखि फुटबल खेलको मैदानमा तरंग लिएर आएका छन् ।

क्रिस्चियानो रोनाल्डोले १८ वर्षको उमेर देखि प्रोफेस्नली फुटबल खेल्न थालेका हुन् । निकै कम किशोर फुटबल खेलाडीहरु आफ्नो किशोरावस्थामा प्रोफेस्नल खेलाडी हुन्छन् । तर क्रिस्चियानो रोनाल्डो आफ्नो किशोरावस्थामा निकै प्रख्यात फुटबल टिमको लागि फुटबल खेलिरहेका थिए । उनले सन् २००३ अगस्ट १४ मा म्यानचेस्टर युनाइटेडमा १५ मिलियन युरोमा कन्ट्राक्ट साइन गरेका थिए ।

क्रिस्चियानो रोनाल्डोको पुरा नाम क्रिस्चियानो रोनाल्डो डोस स्यातोस आभेरो हो । उनको जन्म सन् १९८५ फ्रेब्रुअरी ५ मा पोर्चुगलको सान्तो एन्टोनियोमा रहेको मडेरा नामको आइल्यान्डमा भएको थियो । उनको बुवा होजे डेनिस अभेरो मालीको काम गर्थे भने उनको आमा डोलोरस डोस सान्तोस अभेरो कुकको काम गर्थिन । रोनाल्डो परिवारका चार सदस्य मध्ये सबै भन्दा कान्छा सदस्य हुन् । परिवारमा पहिले नै पाँच सदस्य भएको कारण र अर्को एक सदस्य हुर्काउन नसक्ने अवस्था भएको कारणले गर्दा रोनाल्डोलाई जन्म नदिने सोच उनको आमा डोलोरसको थियो । उनको आमाले बच्चा गर्भपतन गर्नको लागि डाक्टरसँग सल्लाह पनि लिएकी थिइन तर डाक्टरले बच्चा गर्भपतन गर्न नमिल्ने बताए पछि डोलोरसले आफ्नो हजुरआमाको तरिका जस्तै वियर उमालेर पिइ र शरीर एकदमै थाक्ने गरि दोडेर गर्भपतन गर्न खोजेकी थिइन । तर सौभाग्यवश उनको गर्भपतनको प्रयास सफल भएन र क्रिस्चियानो रोनाल्डोको जन्म भयो र आज उनी संसारकै प्रचलित र लोकप्रिय व्यक्ति बनेका छन् ।

बाल्यकालमा रोनाल्डो कमजोर आर्थिक अवस्थामा हुर्किएका थिए । उनले केही टक सोमा उल्लेख पनि गरेका थिए कि बाल्यकालमा उनी, उनको दुई दिदी र दाइ लिभिङ्ग रुममा सुत्ने गर्थे । उनको परिवार रोमन क्याथोलिक क्रिस्चियन थियो । स्कुलमा रोनाल्डो पपुलर नै थिए तर आफुलाई अनादर गरेको कारणले टिचरलाई कुर्सी फाले पछि उनलाई स्कुलले रेस्टिगेट गरेको थियो ।

उनले चाँडै नै फुटबल खेल्न सुरु गरेका हुन् । उनी ८ बर्षको हुदाँ लोकल क्लब एन्डोरिन्याबाट फुटबल खेल्न सुरु गरेका थिए । १० बर्षको हुदा उनले अर्को लोकल क्लब न्यासियोनल बाट फुटबल खेल्न थालेका थिए र आफ्नो प्रतिभा देखाउन थालेका थिए । सन् १९९७ मा उनी १२ बर्षको हुदाँ न्यासिनोल क्लबाट गेमको टाइटल जिते पछि स्पोर्टिङ सिपिले उनलाई साइन अप गरेको थियो ।

ऐकेडेमियम स्पोर्टिङमा उनले अरु युवाहरुसँग ट्रेन गर्न थाले । १४ बर्षको उमेरमा उनमा प्रोफेस्नली फुटबल खेल्न सक्ने क्षमता छ भन्ने कुरा सबैलाई थाहा भईसकेको थियो त्यसैले रोनाल्डोले प्रोफेस्नली फुटबल गेमहरु खेल्ने निर्णय गरे । उनी क्लबबाट एउटै सिजनमा अन्डर १६, अन्डर १७, अन्डर १८, बि टिम र अन्ततः पहिलो टिममा गेम खेल्ने एक मात्र टिनेज सदस्य भए । उनले मोरेरेन्स सँग भएको डेब्यू म्याचमा दुई पटक स्कोर गरेका थिए । उनी सन् २००२ मा हुने युरोपियन यु १७ च्याम्पियनसिपमा खेल्नको लागि पोर्चुगलको अन्डर १७ टिमको लागि छानिएका थिए ।

रोनाल्डो १५ बर्षको हुदा उनको ‘रेसिङ हार्ट’ को सर्जरी गरिएको थियो । सर्जरी नगरेको भए उनको फुटबल करियर सुरु हुनु भन्दा अगाडी नै सकिने थियो । स्पोर्टिङ सिपिमा उनको सफल कार्यकालको समयमा र उनी लन्डनमा भएको बेलामा लिभरपुल फुटबल क्लबको ध्यान उनमा गएको थियो ।

सन् २००३ मा स्पोर्टिङ सिपिले म्यानचेस्टर युनाइटेडलाई लिसबनमा पराजित गरेको थियो जहाँ म्यानचेस्टर युनाइटेडको खेलाडीहरु र कोच सर एलेक्स फग्र्युसनको ध्यान रोनाल्डोमा गएको थियो । क्रिस्चियानो रोनाल्डो परिचित क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने पहिलो पोर्चुगिज खेलाडी भए । क्लबको सदस्य बनी सके पछि सर फग्र्युसनले रोनाल्डोलाई ७ नम्बरको जर्सी लगाउनको लागि जोड दिएका थिए तर नम्बर ७ ठुलो नामहरु एरिक क्यानटोना, जर्ज बेस्ट र डेभिड बेकह्याम सँग जोडिएको कारणले गर्दा रोनाल्डाले जर्सी नम्बर ७ लगाउन मानेका थिएनन् । फग्र्युसनले आफ्नो डिसिजन बदलेनन् र यसबाट CR7 को सिर्जना भएको थियो । जर्सीको सम्मानको लागि उनले राम्रो सँग पर्फम गर्नु पर्छ भन्ने कुरा उनलाई महसुस भएको थियो । उनले म्यानचेस्टर युनाइटेडमा मिड फिल्डरको पोजिसनमा तीन वर्ष खेल खेलेका थिए ।

२००६ को सिजनमा उनी प्रमिसिङ युवा खेलाडीको रुपमा उदाएका थिए । म्यानचेस्टर युनाइटेडको लागि उनले ३०० म्याच खेलेका छन् र स्पेन जानु भन्दा अगाडी उनले १०० गोल स्कोर गरेका छन् । २००६ देखि २००८ बिचको वर्ष रोनाल्डोको फुटबलको संसारमा चम्किने समय थियो । उनको पर्फमेन्सको कारण उनलाई थुप्रै क्लबबाट अफर आएको थियो जसमा लिभरपुल पनि पर्छ।  लिभरपुलले रोनाल्डोलाई ५४ मिलियन युरोको अफर समेत दिएर किन्न खोजेको थियो ।

सन् २००९ को जुन महिना क्रिस्चियानो रोनाल्डो रियल मड्रिडमा ८४ मिलियन युरोमा ट्रान्सफर भएको पक्का गरेको थियो । उनले रियल मड्रिड सँग ६ बर्षको कन्ट्राक्ट साइन गरेका थिए । क्लबको सदस्य भए पछि उनलाई ९ नम्बरको जर्सी दिइएको थियो र उनको घरेलु मैदान स्याटियागो बर्नाबिउ स्टेडीयममा ८५००० फ्यानले स्वागत गरेका थिए । क्लबबाट राउल निस्के पछि रोनाल्डोलाई ७ नम्बरको जर्सी दिइएको थियो र त्यसपछि CR7 को युग सुरु भएको थियो । उनको पर्फमेन्स म्याचहरुमा राम्रो हुँदै गयो । उनले फास्टेस्ट २०० गोलको रेकर्ड तोडेका थिए । क्रिस्चियानोलाई धेरै क्लबहरुले किन्ने प्रयास गरेको थिए । म्यानचेस्टर सिटीले २०० मिलियन युरोको अफर दिएर रोनाल्डोलाइ किन्न खोजेको थियो ।

रियल मड्रिडसँग आफ्नो ६ बर्षको कन्ट्राक्ट सकिएपछि रोनाल्डोले पुनः एक पटक २०१८ सम्मको लागि कन्ट्राक्ट रिन्यु गरे । अहिले सम्म रोनाल्डोले रियल मड्रिड क्लबको लागि ३३० म्याच र ३४० गोल स्कोर गरेका छन् । क्रिस्चियानोको इन्टरनेसनल करियर २००१ मा सुरु भएको थियो । उनले २००१ मा पोर्चुगल टिमबाट अन्डर १५ को टिमबाट फुटबल खेलेका थिए । उनले पोर्चुगललाई रिप्रेजेन्ट गरेर अन्डर १७, अन्डर २०, अन्डर २३ बाट राष्ट्रिय टिममा बसेर म्याच खेलेका छन् । २००३ मा काजस्तानको विरुद्द रोनाल्डोले सिनियर टिमबाट म्याच खेलेका थिए । २००४ मा रोनाल्डोले युरो च्याम्पियनसिपमा भाग लिएका थिए र आफ्नो पर्फमेन्सको कारण UEFA को अल स्टार टिममा पुग्न सफल भएका थिए । उनले पोर्चुगलको तर्फबाट २००६ मा विश्वकपमा भाग लिएका थिए । २००८ मा युरो कम्पिटिसनमा हारे पछि पोर्चुगिस न्यासनल फुटबल टिममा नयाँ कोच आए र रोनाल्टिडोलाइ टिमको क्यापटेन बनाइएको थियो ।

२०१० को विश्वकपमा उनले टिमलाई क्यापटेनको रुपमा लिड गरेका थिए र राउन्ड १६ सम्म पुग्न सफल भएका थिए । रोनाल्डो मात्र एक पोर्चुगिस खेलाडी हुन् जसले ५ वटा विश्वकप टुर्नामेन्टमा भाग लिएका छन् । क्रिस्चियानो रोनाल्डोले आफ्नो स्पोर्टिङ स्किलमा लगानी गरेको कारणले गर्दा उनी विश्वव्यापी रुपमा स्टार बनेका हुन । उनको फोकस, ड्राइभ र आफ्नो स्किललाई तिखारेर हालको लेबलमा पुराउने क्षमताको कारणले गर्दा उनलाई प्रेरणादायक बनाउँछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button