शिक्षा स्वास्थसमाचार

गुलाफ जलको ८ स्वास्थ्य लाभहरु…

Gobal IME Bank

काठमाडौँ । गुलाफ जल हाम्रो छालाको लाभदायक हुन्छ भनेर सबैलाई थाहा छ र यसको प्रयोग धेरै महिलाहरु गर्ने गर्छन् तर गुलाफ जलको विभिन्न स्वास्थ्य लाभहरु पनि हुन्छन् । रेष्टुरेन्टहरुले गुलाफलाई खानामा र विभिन्न फुड प्रडक्टमा पनि प्रयोग गरेका हुन्छन् ।

रिसर्चहरुले पनि पत्ता लगाएको छ कि गुलाफ जलमा रिल्याक्सेन्ट र एन्टिब्याक्टेरीयल प्रोपर्टी पाइन्छ । गुलाफ जलको उत्पादन १० औँ शताब्दिमाट पर्सियन रसायज विज्ञ एभिसेनाले गर्नु भएको हो । गुलाफ जलमा पाइने एनेकडोटलको कारणले गर्दा गुलाफ जल पिउदा स्वास्थ्य लाभ प्राप्त हुन्छ । गुलाफ जलको ८ फाइदाहरु पढ्नुहोस्ः

१) छालामा इन्फेक्सनलाई र इनफ्लेमेसनलाई रोक्छ
गुलाफमा इनफ्लेमेसनलाई कम गर्ने गुण पाइन्छ । गुलाफमा पाइने पोलिफेनोल, एन्थोसायनिन र फ्लेबोनोइड्स एक्सट्राक्टको विशेषताको कारण छालालाई इनफ्लेमेसनबाट बच्नको लागि र इनफ्लेमेसन भएको छ भने त्यसलाई पनि कम गर्छ । भिटामिन सि बलियो किसिमको एन्टी अक्सिडेन्ट हो र यसले एन्टी इनफ्लेमेटरी प्रोपटीमा पनि योगदान दिने गर्छ । गुलाफ जलमा भिटामिन सि पनि हुन्छ जसको कारणले गर्दा युभि रेडियसनको कारण हुने एलर्जी र डण्डीफोरलाई पनि गुलाफ जलको प्रयोग गरी कम गर्न मद्दत मिल्छ ।

२) चाउरीपनलाई कम गर्छ
हरेक दिन गुलाफ जल छालामा लगाउदा चाउरीपना कम गर्छ र छालाको छिद्रहरुलाई पनि बन्द गर्छ । नुहाउँदा पानीमा गुलाफ जल थोरै मात्रामा मिसाएर नुहाँउदा शरीरको छालालाई टोन गर्नको लागि मद्दत मिल्छ ।

३) घाँटी दुखेको कम गर्छ
भारतीय परम्परागत औषधीमा गुलाफ जललाई घाँटीको दुखाई कम गर्नको लागि प्रयोग गरिन्थ्यो । यसको सेवन टन्सिलको उपचारको लागि पनि गर्ने गरिन्थ्यो । गुलाब जलमा हुने एन्टिब्याक्टेरीयल असरको कारणले गर्दा घाँटीको समस्याको लागी लाभदायक भएको हो ।

४) आँखाको इनफेक्सनको उपचार
गुलाफ जलले आँखामा कुनै इन्फेक्सन भएको भने त्यसको उपचार गर्छ । गुलाफ जललाई प्राथमिक अवयवको रुपमा हर्बल आई ड्रपमा प्रयोग गरि आँखामा राख्दा आँखाको इन्फेक्सनको उपचार भएको स्टडीमा पाइएको थियो । यसको प्रयोग गर्दा कन्जक्टिभिटिस र ड्राई आइ सिन्ड्रमको उपचार भएको थियो । गुलाफ जलमा एनलजेसिक र एन्टिसेप्टिक प्रोपर्टिहरु हुन्छ जसले आँखाको विभिन्न समस्याहरुको उपचार गर्छ ।

५) घाउलाई निको पार्छ
गुलाफ जलमा पाइने एन्टिब्याक्टेरियल र एन्टिसेप्टिक प्रोपर्टिको कारणले गर्दा घाउहरुलाई निको पार्नको लागि मद्दत मिल्छ । यसको प्रयोग पोलेको घाउ , दागहरु र काटेको घाउमा प्रयोग गर्ने गरिन्छ । गुलाफको वास्ना लिने एरोमाथेरेपिले जलेको वा पोलेको बिरामीहरुको पिडालाई केही मात्रामा कम गर्नको लागि मद्दत मिल्छ ।

६) तनाव कम गर्छ
यसको बारेमा निकै कम रिसर्चहरु छन् । गुलाफ जलको प्रयोगकर्ता अथवा समर्थकहरुको भनाई अनुसार गुलाफको वास्ना वा गुलफ जलको बाफको कारण तनाव कम गर्नुका साथै मुडलाई बुस्ट पनि गर्ने गर्छ । यस कुराको पुष्टिको लागि भने अझै धेरै रिसर्चहरु गर्नु आवश्यक छ ।

७) टाउको दुखेको कम हुन्छ
गुलाफ जल वा गुलाफको तेललाई पानिमा मिसाएर बाफ लिँदा टाउको दुख्न कम हुनुका साथै माइग्रेनलाई पनि कम गर्नको लागि मद्दत मिल्छ ।

८) पाचन सम्बन्धी समस्यालाई शान्त पार्छ
केही रिसर्चहरुले पत्ता लगाएको छ कि गुलाफमा पाइने प्रोपर्टिहरुले पाचन, पित्त स्राव, पेट फुल्ने र पेट सम्बन्धी अरु समस्याहरुलाई कम गर्नको लागि मद्दत गर्छ ।

प्राचिन औषधीमा गुलाफको प्रयोग पेटको पिडा कम गर्नको लागि र अरु पाचन सम्बन्धि समस्याको उपचारको लागि गरिने गरिन्थ्यो । गुलाफ र गुलाफ जलको प्रयोग प्राचिनकाल देखि मोडर्न समय सम्म विभिन्न उपचार र लाभको लागि हुदै आएको छ । तर यसको फाइदाहरुको बारेमा अझै पनि धेरै रिसर्च भइरहेको छ । तपाईले पनि गुलाफ जलको सेवन र प्रयोग गरि यसका लाभहरु प्राप्त गर्न सक्नुहुनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button