अन्यसमाचार

राससको ५९औँ वार्षिकोत्सव : प्रदेश प्रमुख ‘प्यासी’ शुभकामना -GoodNews24

Gobal IME Bank

विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले राष्ट्रिय समाचार समिति (रासस)को ५९औँ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै बहुविचारको संरक्षण रासस रहेको बताउनुभएको छ ।

आज शुभकामना सन्देश जारी गर्दै उहाँले राष्ट्रियता, स्वतन्त्रता, लोकतान्त्रिक गणतन्त्र, बालबालिका, ज्येष्ठ नागरिक, महिला एवं मानवअधिकारको रक्षाका लागि निष्पक्ष, स्वतन्त्र, तठस्थरूपमा रहन राससको क्षमता अभिवृद्धि भइरहोस् भन्नुभयो ।

शुभकामना सन्देशमा उहाँले सामाजिक र आर्थिक विकास, सांस्कृतिक परिवर्तन, निरङ्कुश शासन व्यवस्था, बेरोजगारी, पछौटेपन, भेदभाव, भ्रष्टाचार, कुशासनको विरुद्ध विगतदेखि वर्तमानसम्म राससले खरोरूपमा आफ्नो उपस्थिति जनाउँदै आएको सन्देशमा उल्लेख गर्नुभएको छ । सन्देशमा नेपाली जनताका मौलिक हकहरुको संरक्षण, आत्सम्मान, भाषभाषी, संस्कृति, कलाको संरक्षण गर्दै समकालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिको मिलनविन्दुका रूपमा रासस रहेको भनिएको छ ।

सन्देशमा भनिएको छ, “गणतन्त्रको पक्षमा बहुविचारको संरक्षण गर्दै नेपाली समाजको रुपान्तरण र परिवर्तनको पक्षधर सावित भएको राससले पत्रकारितालाई राष्ट्रको चौथो अङ्गका रुपमा स्थापित गरेको छ । ‘समृद्ध नेपाल सुखी नेपाली बनाउने कार्यमा राससले महत्वपूण भूमिका निर्वाह गरोस् । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पत्रकार तन, मन, वचन र कर्मले लाग्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।”

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button