समाचार

रबर कोन हस्तान्तरण – GoodNews24

Gobal IME Bank

ललितपुर, २० पुस  : ललितपुर महानगरपालिकाले सवारी दुर्घटना न्यूनीकरणका लागि टा«फिक प्रहरी महाशाखालाई रबर कोन हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईलाई २०० थान रबर कोन, एक सय थान डण्डी र ३० थान ह्वील लक हस्तान्तरण गर्नुभयो । बढ्दो दुर्घटना घटाउन धोबीघाट, एकान्तकुना, जावलाखेल, कुसुन्तीलगायतका क्षेत्रमा आजैदेखि ती सामग्री व्यवस्थितरुपमा राखिने महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता घटना न्यूनीकरण गर्ने जिम्मा महानगरपालिकाको रहेको हुँदा विद्यालय तहका बालबालिकालाई ट्राफिक नियमबारे अध्ययन तथा अध्यापनसमेत गराउने भएका छाँै, आगामी माघ महिनाभित्रमा ललितपुरको मुटु मानिने लगनखेल बजार क्षेत्र सुधार गर्ने भएका छाँै ।” यसैगरी महानगरपालिकाले शहरको सौन्दर्य वृद्धि गराउन छरिएर रहेका तारलाई मुठा पार्ने, २४सै घण्टा ट्राफिक जाम नियन्त्रण गर्न नगर प्रहरीलाई बस्ने ठाउँको व्यवस्थापन गरिदिने र महानगरपालिकाको चक्रपथ क्षेत्रमा पर्ने ७.९ किलोमिटर सडकमा हुने दुर्घटना हटाउन सडक बत्तीलगायतका आवश्यक वस्तुको व्यवस्थापनसमेत गर्ने महर्जनले जानकारी गराउनुभयो । उपरीक्षक भट्टराईले भीडभाड बढी हुने स्थानमा महानगरपालिकाका नगर प्रहरीलाई तदारुकताका साथ गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सानेपा क्षेत्रमा हुने दुर्घटना हटाउन आफूहरुले सडक बत्ती जडानको काम गरिरहेका छाँै भने बी एण्ड बी आसपासका क्षेत्रमा सडक बत्ती जडान गर्न समन्वय भइरहेको छ ।” महानगरपालिकाले आफूहरुलाई गरेको सहयोगको मूल्याङ्कन गर्दै त्यसले प्रतिफल दिने गरी काम गरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । सामान खरिदमा महानगरपालिकाले करिब रु पाँच लाख खर्चिएको जिन्सी शाखाले जनाएको छ । महानगरपालिकाले हिजोदेखि आफ्ना नगर प्रहरीलाई ट्राफिक व्यवस्थापनसम्बन्धी ज्ञान दिलाउने उद्देश्यका साथ १५ दिने तालीम शुरु गरेको छ । सो तालीममा एक साता ‘इनडोर’ र अर्काे एक साता ‘आउटडोर’ बारेमा जानकारी प्रदान गरिने बताइएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button