मुख्य समाचारसमाचार

अब हवाई उडान सुरक्षित बनाइने, आगामी ग्रिस्म सिजन लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू हुने

Gobal IME Bank

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन आगामी ग्रिस्मकालीन मौसम लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने भएको छ । प्राधिकरणले आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यवसायिक बनाउने उद्देश्यले उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेर नयाँ हवाई उडान व्यवस्था लागू गर्ने लागेको हो ।

बुधवार प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै हवाई उडानलाई थप सुरक्षित र भरपर्दो बनाउनको लागि हवाई उडान सम्बन्धि नयाँ व्यवस्था लागू गर्न लागेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको सिकागो सम्मेलनका मापदण्ड बमोजिम ३/३ वा ६/६ महिनामा नेपालको हवाई उडान क्षेत्रको सुरक्षित बनाउनको लागि नियम परिर्माजन गर्ने गरिएको बताउनु भयो ।

उहाँले २७ जनवरीदेखि ३१ जनावरीसम्म प्राधिकरण आन्तरिक र हवाई उड्डयन क्षेत्रमा लामो समय काम गरेका विज्ञहरुसँगको छलफलबाट पाँचवटा नियम लागू गर्ने तयारी गरिएको बताउनु भयो । सूचना अधिकारी भुलले विमान दुर्घटना भएर नयाँ व्यवस्था लागू गर्न लागिएको नभएर प्राधिकरणको नियमित प्रक्रिया भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालको नीति निमय र कानून मान्छौं । तर हवाई उडानमा मुख्य नीति राष्ट्रिय नीतिहरु होइनन् । हवाई उडानमा अन्तर्राष्ट्रिय उड्डयन प्राधिकरणको सिकागो सम्मेलनका मापदपण्ड र नियममा मुख्य भएकाले सिकागो सम्मेलनको मापदण्ड बमोजिम ३/३ वा ६/६ महिनामा नेपालको हवाई उडान क्षेत्रको सुरक्षित बनाउनको लागि परिर्माजन गर्नेगर्छौं । अहिले नयाँ वर्ष २०२३ मा २०२२ को नोम्बेम्बर डिसेम्बर र जनावरी तीन महिनाको हवाई सुरक्षाको नियम पारिमार्जन गर्ने विषयमा हवाई उडानलाई कसरी सुरक्षित र भरपर्दो बनाउन केके गर्न सकिन्छ भनेर २७ जनावरी देखि ३१ जनवरीसम्म प्राधिकरण आन्तरिक र हवाई उड्डयन क्षेत्रमा लामो समय काम गरेका यो क्षेत्रका विज्ञहरुसँग छलफल गरेर अहिले पनि अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको मापदण्ड अनुसार काम गरिरहेका छौं । तर पनि केही विषयहरुमा छलफलको क्रममा छौं । छलफलबाट नेपालको नागरिक उड्डयन सिस्टमको लागि जाँडो महिनाका अन्तिमतिर आएका छौं । प्राधिकरणले हवाई उडानलाई कसरी सुरक्षित बनाउन सकिन्छ । नेपालको विमानस्थलमा हुने ल्याण्डिङ पश्चात असुरक्षित हो की ? भन्ने बाहिर मानिसहरुको परेकाले प्राधिकरण हवाई उडानलाई सुरक्षित बनाउने विषयमा छलफल गरिरहेको हो ।’

उहाँले प्राधिकरणले लागू गर्ने नयाँ व्यवस्थाअनुसार अब पाइलटले दैनिक आठ घन्टा उडान र आठ पटक मात्र अवतरण गर्न पाउने व्यवस्था गर्न लागेको बताउनु भयो । उहाँले हाल दैनिक दस घण्टा उडान र १० वटा अवतरण गर्न पाउने व्यवस्था रहेको बताउनु भयो । उहाँले आईएफआर उडान हुने विमानस्थलमा भिएफआर उडान गर्न नपाइने बताउनु भयो । उहाँले पहाडी क्षेत्रमा हुने उडान सट टेक अफ ल्यान्डिङ ९स्टल० मा विमान जमिनको तहबाट सधैं ५०० फिट माथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा विमान जमिनको सतहबाट कम्तीमा एक हजार फिट माथि हुनुपर्ने बताउनु भयो ।

सूचना अधिकारी भुलले चालक दलका सदस्यको थकानको जोखिम न्युनिकरण गर्न उडानमा दुईभन्दा बढी चालक दलका सदस्य हुँदा थप समय उडान गर्न पाउने व्यवस्था खारेज गर्न लागेको बताउनु भयो । उहाँले वायुसेवा कम्पनीका सबै प्रशिक्षक पाइलटले विमान उत्पादक कम्पनीमा गई सीप परीक्षण गर्नुपर्ने व्यवस्था गर्न लागिएको बताउनु भयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button