मनोरञ्जनसमाचार

साफ यू-१९ च्याम्पियनशिप फुटबल: उपाधिका लागि आज नेपाल र भारत भिड्दै – Good News 24

Gobal IME Bank

काठमाडौँ । श्रीलङ्कामा भइरहेको पुरुष साफ यू-१७ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । श्रीलङ्काको कोलम्बोस्थित रेसकोर्स मैदानमा फाइनल खेल आज राति ८ः१५ बजे हुनेछ ।

सेमिफाइनल खेलमा आयोजक श्रीलङ्कालाई ६-० गोलअन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । यसैगरी भारत सेमिफाइनलमा बङ्गलादेशलाई २-१ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । भारतलाई पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्ने लक्ष्यका साथ नेपाली टोली मैदानमा उत्रनेछ । नेपाली टोलीलाई उपाधि उचाल्न सहज भने हुने छैन । साविक विजेता भारतको दाउ पनि नेपाललाई हराएर उपाधि रक्षा गर्ने रहेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतविरुद्धको खेलमा विजयी भइ च्याम्पियन बन्ने लक्ष्य रहेको बताए । यसअघि समूह चरणको खेलमा नेपालले भारतलाई ३-१ गोलअन्तरले पराजित गरेको थियो । नेपाल अपराजित रहँदै फाइनल पुगेको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button