मनोरञ्जनमुख्य समाचारसमाचार

कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ: सन्दीप लामिछाने

Gobal IME Bank

काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा बिजेता बनेपछि देशले क्रिकेट जितेको भन्दै क्रिकेटर सन्दीप लामिछानेले सबै प्रति आभार व्यक्त गरेका छन् ।

सन्दिपले आफुले कति योगदान गर्न सकेको थाहा नभएको तर देशले क्रिकेट जितेको भन्दै साथ र मायाको लागि सम्पूर्णमा आभार व्यक्त गरेका हुन् ।

घरेलु मैदानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग २ मा चारै खेलमा सन्दीपको सानदार प्रदर्शन रहेको थियो । उनले नामिबियासँगको पहिलो खेलमा ६६ रन खर्चेर ३ विकेट लिएका थिए भने स्कटल्याण्डसँगको पहिलो खेलमा २७ रन खर्चेर ३ तथा नामिबियासँगको दोस्रो खेलमा ४६ रन खर्चेर ३ विकेट लिएका थिए । यसैगरी स्कटल्याण्डसँगको दोस्रो खेलमा ४५ रन खर्चेर ४ गरी चार खेलमा १३ विकेट लिएका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button