समाचार

घाइते र बिरामीको हेलिकप्टरबाट उद्धार -GoodNews24

Gobal IME Bank

काठमाडौँ, ३० वैशाख । हुम्ला र धनगढीबाट आज घाइते र बिरामीलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल पुर्याइएको छ । हुम्ला जिल्लाको चङ्खेली गाउँपालिका–२ स्थित महादेव मावि मतदान केन्द्रमा खटिएका कार्यालय सहयोगी ५२ वर्षीय काला रोकायालाई हेलिकप्टरबाट सुर्खेत ल्याइएको हो । मतदान केन्द्रमा भएको झडपमा परी टाउकामा गम्भीर चोट लागेका उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत ल्याइएको थियो । यस्तै सेनाको हेलिकप्टरमार्फत नै हृदयघात भई ज्यान जोखिममा रहेका सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापालाई समेत धनगढी रङ्गशालाबाट नेपालगञ्जसम्म हेलिकप्टरमार्फत ल्याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनुभयो । –––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button