समाचार

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण : स्याङ्जा -Good News 24

Gobal IME Bank

वालिङ, २४ असार । स्याङ्जाका ११ सामुदायिक विद्यालयका एक हजार २५९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
चाइना फाउण्डेशन फर पोभर्टी एलिभेसनको आर्थिक सहयोग र ग्लोबल को–अपरेशन फर डेभलपमेन्टको समन्वय तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीको पहलमा वालिङ नगरपालिकाका सामुदायिक विद्यालयका बालसिकाइ कक्षादेखि ८ कक्षासम्मका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । फाउण्डेशनले वालिङ नगरपालिकाभित्रका अतिविपन्न समुदायका बालबालिकाको शैक्षिक गुणस्तरमा सहयोग पुर्याउने उद्देश्यसहित स्कुल ब्याग, स्टेशनरी र हाइजिन किट्स वितरण गरेको कार्यक्रम संयोजक सुरेश प्याकुरेलले बताउनुभयो ।
वालिङ नगरपालिकाभित्रका अतिविपन्न बालबालिका अध्ययन गर्ने सामुदायिक विद्यालय छनोट गरी शैक्षिक सामग्री हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
एघार विद्यालयका बालसिकाइ कक्षादेखि ८ सम्मका छात्र ६७० र छात्रा ५८९ गरी कूल एक हजार २५९ छन् ।
शैक्षिक सामग्री प्राप्त भएसँगै स–साना बालबालिकामा अध्ययन गर्ने बानीको विकास तथा थप ऊर्जा मिल्ने महिला नेतृ तिवारीको भनाइ छ । “शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमलाई एउटा अभियानकैरूपमा विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन गछौँ”, उहाँले भन्नुभयो, “यसले आर्थिक अवस्था कमजोर भएकै कारण अध्ययनमा पछाडि परेका बालबालिकालाई केही हदसम्म सहयोग पुग्ने छ ।” सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएका व्यक्तिको पहलमा चाइना फाउण्डेशनसहितका सङ्घसंस्थाले विद्यालयका बालबालिकालाई स्कुल ब्यागसहितका सामग्री प्राप्त भएको भुम्रे माविका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताउनुभयो ।
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button