समाचार

SEE को रिजल्ट सार्वजनिक हुँदै, यसरी हेर्नुस रिजल्ट … -Good News 24

Gobal IME Bank

काठमाडौं, साउन ११ गते । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बुधबार दिउँसो एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ । बुधबार दिउँसो १ बजे बोर्ड बैठक पश्चात रिजल्ट सार्वजनिक हुने परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।
‘बोर्डको बैठक बसेर एसइईको नतिजा प्रकाशन गर्ने तयारी भइरहेको छ’ उनका अनुसार अनुसार वैशाख ८ गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षामा देशभरिबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थी परीक्षा सहभागी भएका थिए । मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरूमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम तयारी भसकेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका हुन्।
अझै तैयार गर्नु पर्ने र आवश्यक त्रुटीलाई न्युनिकरण गर्न यस पटक नतिजाअघि नै अधिकतम जाँच गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यसै संगै अब यदि ३५ अकं भन्दा कम ल्यएमा अनुत्तीर्ण हुने भनिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक शत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । यो यहीँ नतिजामा पनि प्रकाशित हुने गरी तयारी गरिएको छ।

यसरी हेर्नुस रिजल्ट :-
बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा लि, इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।

परीक्षार्थीले www.see.gov.npwww.neb.gov.npwww.theconnectplus.comwww.see.edusanjal.comwww.see.ntc.net.np, www.ekantipur.comwww.ncell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button