समाचार

बीउ सङ्कलन र भण्डारण केन्द्र स्थापना-GoodNews24

Gobal IME Bank

म्याग्दी, २ मङ्सिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा बीउ सङ्कलन र भण्डारण केन्द्र स्थापना भएको छ । गाउँपालिका र किसानको संयुक्त लगानीमा रायो सागको बीउ सङ्कलन र भण्डारण केन्द्र स्थापना भएको हो ।

केन्द्र स्थापना भएपछि घर–घरमै गएर बीउ सङ्कलन र व्यक्तिका घरमा भण्डारण गर्नुपर्ने समस्या हटेको उपभोक्ता समितिका सचिव अर्जुन पुर्जाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको रु आठ लाख ८१ हजार ५४६, उपभोक्ताको रु पाँच लाख बराबरको श्रमदान र गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा पाउने सुविधावापतको रकम सङ्कलन गरेर बनाएको कोषबाट रु ५० हजार गरी कूल रु १४ लाख ३१ हजार ५४६ लागतमा सो केन्द्र स्थापना भएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button